मिडिया साझेदारी बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश, राष्ट्रिय मानवअधिकार आयोग र नेपाल पत्रकार महासङ्घ तनहुँको संयुक्त आयोजनामा असार १९ गते दमौलीमा मिडिया साझेदारी बैठक सम्पन्न भएको छ ।
कार्यक्रममा कोभिड–१९ को महामारीले पत्रकार, सञ्चारकर्मी, सञ्चार माध्यम र मानव अधिकार रक्षकहरूमा परेको असरको बारे अन्तरक्रिया गरिएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक चन्द्रकान्त चापागाईले कार्यक्रममा मानव अधिकार रक्षक र उनीहरूका चुनौती बारे कार्यपत्र प्रस्तुत गर्दै मानव अधिकार रक्षकले कोभिड–१९ महामारीको बेला झेल्दै आएका समस्यालाई चित्रण गर्दै कोभिड–१९ ले अन्य क्षेत्रमा जस्तै पत्रकार र मानव अधिकार रक्षकलाई पनि ठुलो असर गरेको बताउनुभयो ।
उहाँले यस समयमा धेरै पत्रकारहरूले रोजगारी गुमाएको, आर्थिक सङ्कटले सञ्चार माध्यम बन्द भएको, पत्रपत्रिकाको वितरण प्रक्रिया अवरूद्ध जस्ता समस्या भएको बताउनुभयो ।
मानव अधिकार रक्षकहरू यो महामारीबाट निकै पीडित भएको बताउँदै उहाँले समग्रमा नागरिकका आधारभुत अधिकारहरू पनि यो महामारीको कारण हनन भएको बताउनुभयो ।
इन्सेक प्रदेश संयोजक शिव खकुरेलले ‘कोभिड– १९ ले सञ्चार र मानव अधिकार रक्षकमा पारेको प्रभाव’ विषयमा इन्सेकले तयार गरेको अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्दै उहाँले कोभिड १९ को प्रकोपबाट भएको महामारीले मानवअधिकार र सञ्चार क्षेत्रमा ठुलो असर परेको बताउनुभयो ।
नागरिकको अधिकार रक्षाकोलागि अग्रपङ्क्तिमा रहेर खट्ने मानव अधिकारकर्मी, पत्रकार, स्वास्थ्यकर्मीहरू महामारीको चपेटामा र जोखिममा परेको उहाँले बताउनुभयो ।
निषेध आदेशको क्रममा सञ्चारकर्मी र मानव अधिकार रक्षकहरू माथि पनि ज्यादतीका घटना भएको भन्दै उहाँले मानव अधिकार रक्षाकोलागि पत्रकार र मानव अधिकारकर्मीहरू सहकार्य गरेर जानुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलले ‘कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव’ बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
महिला मानवअधिकार रक्षक सञ्जालकी कल्पना पौडेलले कोभिड–१९ को कारण भएको प्रभाव र असरको बारेमा चर्चा गर्दै उहाँले निषेध आदेशको अवधिमा महिला अधिकार हननका घटना धेरै बढ्ने गरेको बताउनुभयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित इन्सेक गतिविधिहरू
शिवपुरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ८ गते सम्पन्न भएको छ । उक्त अन्तर्क्रिया…
मनहरी गाउँपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मानव अधिकार समूहको स्थानीय स्तरमा रहेका समस्या पहिचान तथा कार्ययोजना बैठक ०८० असोज ९ गते सम्पन्न भएको छ ।…
श्री जनप्रिय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका–२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ ०८० असोज ९…
सामाजिक सेवा प्रभावकारी हुन आवश्यक छ : मन्त्री जिसी
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले सामाजिक सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । ४४ औं सामाजिक सेवा दिवसको अवसरमा असाेज ६ गते गैरसरकारी संस्था महासंघकाे आयोजना…
सिफारिस प्रक्रियासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका-८, शेराबगरमा रिन्यु परियोजना अन्तर्गत सिफारिस प्रक्रियासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका वडा…