मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा सचेतना र्याली
मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवसको अवसरमा ०८० भदौ २० गते रामेछापको सदरमुकाम मन्थलीमा सचेतना र्याली आयोजना गरिएको छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति र जिल्ला प्रशासन कार्यालयको आयोजना र इन्सेक, गैरसरकारी संस्था महासङ्घ नेपाल रामेछाप, रामेछाप बार एसोसिएसन लगायतको सहकार्यमा र्याली भएको हो । मानव बेचबिखन विरुद्ध सचेतना फैलाउने विभिन्न प्लेकार्ड बोकेको र्याली मन्थली बजार परिक्रमा गरेको थियो । र्याली मन्थली बजार परिक्रममा गरी जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा बोल्दै प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले समाजमा सचेतना फैल्याउन यस्ता र्याली महत्त्वपूर्ण हुने बताउनु भयो । व्यक्तिलाई सचेत नबनाउँदासम्म सामाजिक अपराध नियन्त्रण गर्न नसकिने भएकोले व्यक्तिलाई सचेत गराउन यस्ता कार्यक्रमले सहयोग गर्ने उहाँले बताउनु भयो । व्यक्ति सचेत भएमा सामाजिक अपराधबाट बच्न सकिने उहाँको भनाइ छ ।
र्यालीमा बागमती प्रदेश सभाका सदस्य आनन्द श्रेष्ठ लगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतका सरकारी कर्मचारी, जिल्ला स्थिति तीन ओटै सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मीहरू, नागरिक अगुवा लगायतका सहभागिता रहेको थियो ।
सन् २००२ मा काठमाडौँमा सम्पन्न दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) को ११ औँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासम्धी २००२ लाई ०६३ भदौ २० गते तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन गरेको दिनको स्मरणमा नेपाल सरकारले २०६४ सालबाट हरेक वर्ष भदौ २० गते मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउँदै आएको छ । यस वर्ष सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मूल भन्ने राष्ट्रिय नाराका साथ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औँ राष्ट्रिय दिवस मनाइएको छ ।
नवराज घिमिरे
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका…
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन
घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक…