मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रमको अयोजना गरी सम्पन्न
तीनै तहको सरकारको प्रतिबद्धता, मानव बेचविखन विरुद्ध सबैको ऐक्यबद्धता भन्ने मुल नाराका साथ मानव बेचविखन विरुद्ध १८ औँ राष्ट्रिय दिवसको अवसरमा ०८१ भदौ २० गते विहान जकपुरधाममा प्रभातफेरी र साँझ दिप प्रज्वलन कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश, जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय धनुषा, माइती नेपाल, शान्ति पुर्नस्थाप्ना केन्द्र, किन नेपाल र सेफ नेपालको संयुक्त आयोजनामा भदौ २० गते विहान प्रभातफेरीको आयोजना गरिएको हो । प्रभातफेरी जनकपुरधामस्थित रेल वे स्टेशनमा निकालिएको थियो ।
उक्त प्रभातफेरी कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले मानव बेचविखन विरुद्ध सबै एक जुट भएर लाग्नु पर्ने उल्लेख गर्नु हुँदै मानव बेचविखन विरुद्ध ग्रामिण तहसम्म अभियान चलाउनु पर्ने बताउनु भयो । छिमेकी मुलुक भारत र खाडि मुलुकमा लगी बेचबिखन गर्ने गरिएको हुँदा संकाशपद नाकामा निगरानीलाई कडाई गर्नु पर्नेमा वहाँले जोड दिनु भयो ।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले इन्सेकको अभिलेख अनुसार सन् २०२३ मा अर्थात गएको वर्ष मधेस प्रदेशमा १५ जना महिला तथा बालबालिका बेचविखन घटनामा पीडित भए भने ५ जना महिला बेचबिखन प्रयास घटनामा पीडित भएको बताउनु भयो ।
मानव बेचविखन मानव सभ्यताको कलंकको रुपमा रहेको वहाँले बताउनु भयो । समयको अन्तरालसँगै मानव बेचबिखनको स्वरुप र आयाम परिवर्तन हुँदै आएको वहाँले उल्लेख गर्नु हुँदै विशेषतः महिला, बालबालिका तथा पुरुषहरु यस घटनामा पीडित हुने गरेको बताउनु भयो ।
मधेस प्रदेशका आठ ओटै जिल्लामा रहेको खुला भारतीय सीमा नाका प्रयोग गरी बेचविखनका घटना हुने गरेको र अस्पतालहरुमा समेत मानव अंगहरुको तस्करी हुने गरेको हुँदा यसमा सम्बन्धित निकाय तथा सरोकारवालाको ध्यान जान आवश्यक रहेको इन्सेक मधेस प्रदेश संयोजक पासवानले बताउनु भयो ।
यसैगरी मानव बेचविखन विरुद्धको १८ औँ दिवसको अवसरमा जनकपुरधाम उपमहानगरपालिका, इन्सेक, माइती नेपाल लगायतका संघ संस्थाहरुको संयुक्त आयोजनामा जनकपुरधाम स्थित जनक चौकमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
इन्सक मधेस प्रदेश कार्यालय, जनकपुरधाम
सम्बन्धित इन्सेक गतिविधिहरू
गुल्मीमा विद्यालय बाहिरका २ सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै !
तम्घासका आठ सडक बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्ति मगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेको बालिकाहरूलाई खोप लगाइएको…
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…
बाल अधिकार चेतना समूहद्वारा बाल विवाहविरुद्ध सडकनाटक प्रदर्शन
इन्सेकको सहयोगमा घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयस्तरीय बाल अधिकार चेतना समूहले बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ०८१ माघ २१ गते सडकनाटक प्रदर्शन गरेको छ । दशरथ माध्यामिक विद्यालयका पधानाध्यापक…
प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम सुरु
यूरोपियन युनियनको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षकका लागि ०८१ माघ २१ गतेदेखि नेपालगञ्जमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । उक्त…
बाल अधिकार सचेतना समूहद्वारा कार्य योजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा डाक्नेश्वरी नगरपालिकास्थित श्री राम दयाल माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८० माघ १४ गते कार्य योजना बैठक सम्पन्न गरेको छ ।…