मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा सचेतना र्याली
सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मूलन भन्ने मुल नाराका साथ मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस भदौ २० गते कालिकोटमा मनाइएको छ । जिल्ला सदरमुकाम मानम खाँडाचक्र स्थित जिरो प्वाइन्टबाट प्रभातफेरी र्याली सहित प्रतिमा चोकमा कोणसभा गरी दिवस मनाइएको हो ।
कर्णाली प्रदेशसभा सदस्य हिक्मत विष्टले मानव बेचबिखन समस्या वर्तमान समयको मुख्य चुनौती भएको बताउनु हुदै उहाँले बेचबिखनको जोखिममा सबैभन्दा बढी महिला र बालबालिका रहेका हुनाले साझा प्रयास एकताले मात्रै समस्या निमूलन गर्न सकिनेमा जोड दिनु भयो ।
यौन शोषण, अङ्ग प्रत्यारोपण, श्रम शोषण, सर्कसमा खेलाउन, अवैध रुपमा धर्मपुत्र, पुत्री बनाउन, घरेलु कामदार बनाउन, बालश्रम गराउन लगायतका क्षेत्रमा दुरुपयोग गर्ने उद्देश्यले मानव बेचबिखन हुने गरेको छ ।
मानव बेचबिखन जस्तो संवेदनशील विषयमा स्थानीय सरकार,प्रदेश सरकार,संघिय सरका तथा गैरसरकारी संस्थाहरू गम्भीर हुनु पर्नेमा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले जोड दिनु भयो । साथै उहाँले पछिल्लो समय नक्कली भुटानी सरणार्थी लगाएतका केशहरु वाहिर आउनुले मानव बेचबिखन विकराल बन्दै गएको बताउनु भयो ।
यस जिल्लामा गरिबीले पनि मानव बेचबिखन तथा ओसारपसारको समस्या बढ्दै गएको छ । शिक्षा चेतनाको अभावले दुरदराजमा धेरै बच्चा जन्माउने, ठुलाबडाका घरमा पढ्न लेख्न भनेर पढाउने र अन्तमा विक्री हुने र यौन शोषणमा पर्ने समस्या छ
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी घरेलु तथा लैगिक हिंसा,कमजोर आर्थिक अवस्था, शिक्षाको कमी, बेरोजगारी, असुरक्षित बसाइसराई, सामाजिक सञ्जालको दुरुपयोग, द्वन्द्व तथा राजनीतिक अस्थिरता, राम्रो र खुसी जीवनको चाहना लगायतका कारणले मानव बेचबिखनको समस्या बढ्दै गएको सुनाउनु भयो ।
आफ्नै उत्पादनले ४/५ महिना नपुग्ने समस्या छ । जसका कारण विपन्न परिवारका बालबालिका होटलमा, ठुलाबडाका घरमा काम गर्न पठाउनु पर्ने बाध्यता छ । साथै मानव बेचबिखन सवालमा राजनीतिक दलहरू समेत गैर जिम्मेवार बनेका छन् ।
जिल्ला प्रसाशन कार्यालय कालिकोटको आयोजना तथा इन्सेक,प्लान इन्टरनेष्नल नेपाल,फेडो,हुर्डेक लगाएतका मानव अधिकारका क्षेत्रमा कार्यरत गैर सरकारी सस्थाहरुको सहकार्यमा मानव बेचबिखन विरुद्धको १७ ओैँ राष्ट्रिय दिवस अवसरमा प्रभातफेरी कार्यक्रम तथा कोणसभाको भएको थियो ।
मानव बेचबिखन रोक्न अभिभावक सचेतना देखी सामाजिक सञ्जालको सदुपयोग, जनचेतना अभिवृद्धि लगायतका विषयमा ध्यान दिन जोड दिएका छन् । जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावतले मानव बेचबिखनलाई रोक्न घरबाटै सचेतनाको कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनुभयो । स्थानीय सरकार गैससले यस्ता विषयमा संवेदनशील भएर लाग्न जरुरी रहेको उहाँको भनाइ छ ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण), ऐन २०६४ ले कुनै पनि बहानामा मान्छेको ओसारपसार गर्ने,अङ्ग विक्री गर्ने लगायतका कसुरदार तथा अन्य संलग्न व्यक्तिलाई २० वर्ष सम्म कैद सजाय तथा कारबाही हुने व्यवस्था छ भने मानव बेचबिखनको मुद्दाको हद म्याद असीमित हुने ऐनमा उल्लेख छ ।
कालीबहादुर मल्ल
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व धादिङमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक धादिङ जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व नुवाकोटमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक नुवाकोट जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व रामेछापको मन्थलीमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक रामेछाप जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व सिन्धुपाल्चोकमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
मानव अधिकार दिवसको अवसरमा प्रभात फेरी
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाहरूको संयुक्त आयोजनामा ०८० मङ्सिर २४ गते विहान जनकपुरधाममा प्रभात फेरीको आयोजना गरिको छ । भविष्यमा मानव अधिकार संस्कृतिलाई एकिकृत…