मानव बेचबिखन तथा बाल बसाइँसराइ विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न
वीरेन्द्रनगर नगरपालिका–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा मानव बेचविखन तथा बाल बसाइँसराइ विरुद्धको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
इन्सेक र सोसेक नेपालको आयोजनामा ०८१ पुस ९ गते सञ्चालन गरिएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले मानव बेचविखन र बाल बसाइँसराइ न्यूनीकरण गर्न विद्यालय तहदेखि नै छलफल र बहसको आवश्यकता रहेको बताउनु भयो । उहाँले विद्यालयका विद्यार्थीलाई यस विषयमा संवेदनशील बनाउँदै उनीहरूलाई सचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरूको निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
‘बालबालिकामा सानैदेखि सचेतना फैलाउन सकेमा मानव बेचबिखन र बसाइँसराइ रोक्न सकिन्छ' - उहाँले भन्नुभयो । कार्यक्रममा वडा नम्बर ६ का वडा सदस्य मिरा पन्तले बालबालिकाको सुरक्षाका लागि विद्यालय, अभिभावक र समुदायको साझा प्रयास आवश्यक रहेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विनोद कार्कीले मानव बेचविखनको कानुनी पक्षबारे जानकारी गराउँदै सजगता अपनाउन आग्रह गर्नुभयो ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशकुमार न्यौपानेले विद्यालयमा यस्ता सचेतनामूलक कार्यक्रमले बालबालिकालाई सही मार्गदर्शन प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कक्षा ८, ९, र १० का ५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । सहभागी विद्यार्थीहरूले प्रश्नोत्तरका माध्यमबाट मानव बेचबिखन र बसाइँसराइबारे विस्तृत जानकारी हासिल गरेका थिए । कार्यक्रमले बालबालिका र समुदायलाई सचेत बनाउन महत्वपूर्ण योगदान दिएको सोसेक नेपालकी सामाजिक परिचालक कमला चन्दले बताउनु भयो । त्यस्तै इन्सेकका जिल्ला प्रतिनिधि जगतदल जनाला विकले हरेक वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू इन्सेकले वर्ष पुस्तकमा सार्वजनिक गर्दै आएको बताउँदै गत वर्ष बाल अधिकार हनन्का १८ र यस वर्ष ४२ ओटा घटना घटेको जानकारी दिनुभयो ।
जगतदल जनाला विक
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…