मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस कार्यक्रम सम्पन्न

  ०८१ भदौ २१ गते

IMG-20240906-WA0001

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं र्राष्ट्रिय दिवसको अवसरमा जलेश्वर नगरपालिका र जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजना र जिल्ला प्रहरी कार्यालय महोत्तरी, आफन्त नेपाल, इन्सेक महोत्तरी, महिला सचेतना केन्द्र, रोयम नेपाल, रतौली युवा क्लब, चौतारी नेपाल, स्पर्श नेपाल र ओरेक नेपालको समन्वयमा “तीनै तहका सरकारको प्रतिबद्धता: मानव बेचविखन विरुद्धको एक्यवद्धता” मूल नाराका साथ कार्यक्रम ०८१ भदौ २० गते महोत्तरी सदरमुकाम जलेश्वरमा सम्पन्न भएको छ ।

जलेश्वर नगरपालिकाका उपप्रमुख रौशन खातुनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्लास्थित सरोकारबाला तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रह्यो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक सिडियो उपेन्द्र न्यौपानेले मानव बेचविखन परापूर्व कालदेखि हालसम्मको विधमान रहेकोले स्वरुप फेरिएपनि समस्या यथावत रहेको बताउनु भयो । कमैया कमलरी जस्ता प्रथापनि मानव बेचविखनको प्रक्रिया रहेको बताउनु भयो ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालयका एसपी नकुल पोखरेलले खुला सिमानाको कारण बोर्डरमा सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्दा समेत चुनौती रहेको र मानव बेचविखन समाजमा समस्याको रुपमा रहेकाले बेपत्ता हुनेहररूको संख्या बढ्दै गएको बताउनु भयो । सरकारी ,गैरसरकारी सबै तहबाट यो सवालमा अग्रसर रहन अपिल समेत गर्नु भयो ।

महिला सचेतना केन्द्रका अध्यक्ष साधना वर्माले मधेस प्रदेशमा रहेका जिल्लाहरूबाट मानिस बढि ओसारपसार हुने हुदाँ यी जिल्लाबासीहरूमा बेचविखन तथा ओसारपसार सम्बन्धि सचेतनामुलक कार्यक्रमलाई व्यापक ढंगले सञ्चालन गर्नु बताउनु भयो ।

पत्रकार राकेश चौधरीले स्थानीय स्तरबाट युवा पुस्तामा लगानीको अभावले गर्दा रोजगारीको सम्भाव्यतालाई खोज्दै मानव बेचविखनको जोखिममा पारिएकाले युवाको सहभागितामा गम्भीर हुन आग्रह गनु भयो ।

कार्यक्रममा बोल्नुहुँदै इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि ममता विश्वकर्माले गरिबि, अशिक्षा र बेरोजगारी मानव बेचविखनको कारक तत्व भएको भन्दै दलित तथा विपन्न वर्ग वा समुदायलाई दलालले लक्षित गरेको हुनाले राज्य पूर्ण रुपी जिम्मेबार भई नागरिकमा शिक्षा ,रोजगारीको पहुँच बढाउने रणनिति अहिलेको प्रमुख आवश्यक्ता रहेको बताउनु भयो ।

कार्यक्रम समापन गर्नु हुदै जलेश्वर नगर उपप्रमुख रौशन खातुनले विशेषतः महिलाहरू अशिक्षित भएकाले चाडै अरुको कुरामा फस्ने गरेका कारण किशोरीहरू बढि भारतमा बेचिने समस्या भएकोले किशोरी शिक्षालाई प्रभावकारी तरिकाले कार्यान्वयनमा ल्याउनु पर्ने धारणा राख्नु भयो । साथै मानव बेचबिखन तथा ओसारपसार विरुद्धका लागि उपप्रमुखको हैसियतले हरेक कार्यमा सँगै रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

IMG-20240906-WA0003

IMG-20240906-WA0002

IMG-20240906-WA0000

ममता विश्वकर्मा