मानव बेचबिखनविरूद्ध सडक नाटक प्रदर्शन
कालिका नगरपालिका– ९ स्थित चर्तुमुखी माविमा इन्सेकद्वारा गठित बाल अधिकार समूह आयोजनामा जेठ २५ गते मानव बेचबिखनविरूद्ध सडक नाटक प्रदर्शन गरिएको छ ।
सडक नाटक प्रदर्शनका क्रममा विद्यार्थीहरूले मानव बेचबिखनको आधुनिक शैलीबारे अभिनय गरेका थिए ।
कालिका नगरपालिका शिक्षा शाखा अधिकृत प्रकाश पौडेलले विद्यार्थीहरूको सहभागितामा मानव बेचबिखनविरूद्धको सचेतना मुलक कार्यक्रम हुनु राम्रो विषय भएको बताउनु भयो ।
इन्सेक बागमती प्रदेशको समन्वयमा उक्त कार्यक्रम भएको जिल्ला सहजकर्ता गायत्री गिरीले बताउनु भयो ।
दिपेन्द्र अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका…
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन
घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक…