मानव अधिकार सहायता कक्ष सवलीकरण छलफल सम्पन्न

  ०८१ असोज २ गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक छलफल कार्यक्रम ०८१ असोज २ गते धनगढीमा सम्पन्नभएको छ ।

मानव अधिकार सहायता कक्षका प्रदेश संयोजक देबी खनालले बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहार र घरेलु हिंसाबाट पीडित तथा आर्थिक रुपमा विपन्न पीडितहरुको न्यायमा पहँुच अभिबृद्धि गर्नका लागि इन्सेकले विगत लामो समयदेखि सहयोग गर्दै आएकोले सहयोग रकम अनुमोदन गर्न मानव अधिकार सहायता कक्षको बैठक आयोजना गरिएको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग, धनगढीका उपसचिव झंकरबहादुर रावलले अहिले पनि मानव अधिकारको क्षेत्रमा सुधार आउन नसकेको र आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा पहुँच नभएका व्यक्तिहरु थप पीडित हुनेभएकोले उहाँहरुको न्यायका लागि सम्बन्धीत सबैले सहयोग तथा पहल गर्न आवश्यक रहेको बताउनु भयो ।

photo20240918kailali (2)

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खड्कराज जोशीले पछिल्लो समयमा हिरासत तथा कारागारमा समेत नागरिकहरु अक्षामा रहेकाले कारागार सुरक्षा व्यवस्थापनमा नागरिक तहबाट दबाव दिन आवश्यक भएको र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले पीडितको न्यायमा पहुँच पुगाउनका लागि मानव अधिकार सहायता कक्षमासुरर्फत सहयोग गर्दै आएको बताउनु भयो ।

पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेशका सचिव हरि जोशीले पीडामा परेका नागरिकहरुको अधिकारको वकालत गर्न तथा उहाँहरुको समस्यालाई सतहिकरण गर्न पत्रकार महासंघ निरन्तर रुपमा लागिपरेको बताउनु भयो । मानव अधिकार सहायता कक्षमार्फत पीडितहरुको न्यायमा पहुँच पुगाउन गरिने सहयोगलाई निरन्तरता दिन आवश्यक भएको उहाँको भनाइ छ ।

डिडब्लुआरएफ,कैलालीका अध्यक्ष सावित्रा घिमिरेले अहिले पनि आर्थिक रुपले विपन्न परिवारका महिलाहरुको न्यायमा पहुँच पुग्न नसेको र न्यायमा पहूँच नभएका र आर्थिक रुपमा पीडित भएकाहरुलाई मानव अधिकार सहायता कक्षमार्फत सहयोग गर्नु पर्ने बताउनु भयो ।

छलफल कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग,पत्रकार तथा संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढी