मानव अधिकार सहायता कक्ष पुर्न गठन तथा पुनतार्जगी छलफल कार्यक्रम सम्पन्न

  ०८१ असोज १४ गते

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको आयोजनामा मानव अधिकार सहायता कक्ष पुर्नगठन तथा पुर्नतार्जगी छलफल कार्यक्रम असोज १४ गते सम्पन्न गरिएको छ ।

मानव अधिकार रक्षकहरूलाई आकस्मिक सहयोग आवश्यक परेको खण्डमा मानव अधिकार सहायता कक्षले आर्थिक सहयोग गर्दै आएको छ ।

छलफल कार्यक्रममा इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक सोमराज थापाले मानव अधिकार सहायता कक्षमार्फत पीडितहरूलाई सहयोग पुर्‍याउँदै आएको बताउनु भयो ।

मानव अधिकार सहायता कक्षमार्फत मानव अधिकार रक्षकमध्येका पत्रकारलाई समाचार लेखेकै भरमा पत्रकारमाथि कुटपिट भएको घटना वा मानव अधिकारकर्मीलाई तत्कालै उद्दार वा उपचारका लागि इन्सेकले आर्थिक सहयोग गर्दै आएको इन्सेक कोशी प्रदेश कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगले युनाइटेड लेदर (छाला) उद्योगले प्रदूषण फैलाएको विषयमास्थलगत अनुगमन गरी उद्योग बन्द सिफारिस गरेको आयोगका कोशी प्रदेश कार्यालय प्रमुख वीरबहादुर बुढामगरले बताउनु भयो ।

इन्सेक कोशी प्रदेश कार्यालयले ०८१ असोज १४ गते  विराटनगरमा आयोजना गरेको मानव अधिकार सहायता कक्ष पुर्नगठन तथा पुर्नतार्जगी छलफल कार्यक्रममा बुढामगरले नागरिकलाई संविधानले स्वच्छ वातावरणको हक प्रदान गरेकाले सोही हक कार्यान्वयनका लागि छाला उद्योग बन्द गर्न सिफारिस गरिएको बताउनु भएको हो ।

दुहवी नगरपालिका-६ स्थित युनाइटेड लेदर (छाला) उद्योगले प्रदूषण फैलाएको विषयमा अनुगमन गरेर बन्द गर्न सिफारिस गरिएको बुढामगरले बताउनु भयो । छाला उद्योगले प्रदूषण फैलाएको भन्दै स्थानीयले विरोधसहित प्रदर्शन र धर्ना गरेपछि आयोगले स्थलगत अनुगमन गरेको थियो । छाला उद्योगले प्रदूषण फैलाएको बारेमा इन्सेक कोशी प्रदेश कार्यालयले समेत अनुगमन गरेको थियो ।

मानव अधिकार सहायता कक्ष पुर्नगठन तथा पुर्नतार्जगीमा बोल्दै आयोग प्रमुख बुढामगरले मानव अधिकार आयोगले मानवअधिकार उल्लङ्घनका घटनाका पीडितलाई सहयोग गर्दै आएको बताउनु भयो । मानव अधिकार सहायता कक्षमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार, नेपाल पत्रकार महासङ्घका प्रतिनिधिको सिफारिसका आधारमा मानव अधिकार रक्षकलाई आर्थिक सहायता प्रदान गरिदैँ आएको छ ।

मानव अधिकार सहायता कक्ष पुर्नगठन तथा पुर्नतार्जगी छलफल कार्यक्रममा इन्सेक कोशी प्रदेश कार्यालयले पाँचथरको फालेलुङमा ०८१ भदौ १३ गते भएको ग्रिनेड विष्फोट र घटना अनुगमनपछि इन्सेकले पीडितका पक्षमा गरेका प्रयासहरू अधिकारकर्मी र पत्रकारलाई जानकारी गराएको छ ।

Photo 20240930 Morang

विनोद सुवेदी