मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

इन्सेक लुम्बिनी प्रदेशको आयोजनामा  मानव अधिकार सहायता कक्षको बैठक असोज २५ गते नेपालगन्जमा सम्पन्न भएको छ ।

हिंसा पीडितहरूकालागि स्थापना गरिएको मानव अधिकार सहायता कक्षको को बैठकले ६ जना हिंसा पीडितहरूलाई कानुनी प्रकिया कालागि आपतकालीन सहयोग गरेको अनुमोदन गरेको छ भने दुई जना बलात्कार पीडित बालिकालाई सहयोग गर्ने निर्णय गरेको छ ।

मानव अधिकार आयोग, नेपालगन्जका प्रमुख द्वारिका अधिकारीले  वास्तविक पीडितलाई सहायता कक्षले सहयोग गरीरहेको बताउनु भयो ।

मानव अधिकार सहायता कक्षको बैठकका सहभाागीहरुले मानव अधिकार उल्लङ्घनका घटनाहरूमा दिदै आएको ज्ञापन पत्र , ध्यानाकर्षण पत्रलगायतलाई अझ प्रभावकारीरुपमा अगाडि बढाउने निर्णय गरेको छ ।

photo2023101301banke

ध्रुवराज शर्मा