मानव अधिकार सहयोग कक्षको सवलीकरण बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा चैत १६ गते मानव अधिकार सहयोग कक्षको सवलीकरणका लागि सरोकारवालाहरूसंग मधेस प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
मधेसी आयोगका अध्यक्ष डा. विजय दत्तले समस्या वा प्रभावित भएको बेलामा धेरै पीडितलाई न्याय पाउनको लागि आर्थिक समस्या हुने गरेकोले यस्तो अवस्थामा न्याय प्राप्तिका लागि कानूनी सेवासंगै आर्थिक सहयोग गरिनु मानव अधिकार रक्षकका लागि ठूलो धर्म भएकोे बताउनुभयो । इन्सेकलगायत संघ संस्थाको अगुवाइर्मा पीडित व्यक्तिलाई दिदै आएको आर्थिक सहयोगलगायतको कानूनी परामर्श सेवालगायतको काम उदाहरणीय रहेको बताउनुभयो । उहाँले पीडितलाई आवश्यक पर्ने सहयोगका लागि आफू पनि व्यक्तिगत रुपमा सहायता कक्षमा सहयोग गर्न इच्छुक रहेको बताउनुभयो । देशमा मानव अधिकारको अवस्था अझै संवेदनशील रहेको बताउँदै उहाँले यसप्रति राज्य गम्भिरताका साथ अगाडी बढनुपर्नेमा जोड दिनुभयो । मधेसमा शिक्षा, स्वास्थ्य, खाद्य, सामाजिक, सांस्कृतिक, आर्थिक समस्याले ग्रसित मधेस प्रदेश जनसंख्याको हिसाबले बाक्लो उपस्थिति रहेकोले यसप्रति सरकारले जनताको आधारभूत सेवा र सुविधा उपलब्ध गराउन तथा न्यायको अनुभुति दिलाउन अग्रसरता लिनुपर्ने र मधेशी आयोगबाट हुने सक्ने सहयोगका लागि आफुू सदैव तत्पर रहेको बताउनुभयो ।
महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालय मधेस प्रदेशका महिला विकास अधिकृत देवकुमारी खत्रीले मानव अधिकारको क्षेत्रमा क्रियाशिल मानव अधिकार रक्षक होस या सर्वसाधारण जनता सबैले समयमै न्याय पाउनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका महिला बालबालिका सेलका प्रमुख प्रहरी इन्स्पेक्टर चन्द्रकला भट्टराईले अहिले महिलासंग संगै पुरुषहरू समेत पीडित भई रहेको बताउनुभयो । मधेस प्रदेशमा मानव अधिकार रक्षकहरूले पीडितहरूको न्यायका अहम भुमिका निर्वाह गर्दै आएकोले यसलाई आत्म साथ गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो ।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले मधेस प्रदेशमा इन्सेकले वार्षिक रुपमा १ लाख ७० हजार रुपियाँ पीडितको आर्थिक सहयताका लागि बजेट छुट्याएको बताउनुभयो । पीडितहरूको समस्या र आर्थिक अवस्थालाई मध्यनजर गर्दै अधिकतम १० हजार रुपियाँसम्म प्रति पीडितलाई सहयोग गर्ने गरेको बताउनुभयो ।
मानव अधिकार सहयोग कक्षका अध्यक्ष समेत रहनुभएका अधिवत्ता राज कुमार महासेठले आफूहरू कहाँ पीडित व्यक्ति, इन्सेक प्रतिनिधी वा कुनै संघसंस्थाबाट पीडितलाई आर्थिक सहयोगको आवश्यकता भनेर सूचना आएको खण्डमा समितिले अध्ययन, अनुगमन गरेर के कति सहयोग गर्नुपर्ने हो मापन गरि सहयोग गर्दै आएको बताउनुभयो । उहाँले अहिलेसम्म पीडितलाई चेकमार्फत सहयोग रकम दिने गरेको बताउनुभयो ।
दिपेन्द्र प्रसाद सिंह
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समुहसँग मानव अधिकारका सवालमा अन्तरक्रिया तथा छलफल कार्यक्रम जेठ २२ गते सम्पन्न भएको छ । इन्सेक सुदूरपपिश्चम…
इन्सेकद्वारा अभिमुखिकरण कार्यक्रम शुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८० जेठ २२ गते जनकपुरधाममा बलपूर्वक बेपत्ता पारिएका पीडित पक्षहरूको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सातै प्रदेशका प्रदेश संयोजक र प्रलेख अधिकृतहरूलाई अभिमुखिकार्यक्रम…
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…