मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना पुस्तक प्रदान
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना पुस्तक सरोकारवालाहरूलाई प्रदान गरेको छ ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले चैत १५ गते जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र समन्वय अधिकारी भूमिराम पोख्रेललाई प्रदान गर्नु भएको हो ।
कपिलवस्तु जिल्लामा जिल्ला समन्वय समितीको प्रमुख संयोजक रहने गरी अनुगमन समिती निर्माण गर्नुगर्ने दायित्व राज्यको भएकोले प्रकाशित पुस्तक हस्तान्तरण गर्ने क्रममा कपिलवस्तु जिल्लाका जिल्ला समन्वय समिती प्रमुख र समन्वय अधिकारीलाई भेटगरी नेपाल सरकारबाट प्रकाशित पुस्तक मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय मानव अधिकार कार्ययोजना प्रदान गर्नु भएको हो ।
संयोजक महले नेपाल विभिन्न मानव अधिकार सम्बन्धि राष्ट्रिय अन्तराष्ट्रि सन्धी महासंधिहरुको पक्षराष्ट्र रहेको छ । मानव अधिकार सम्बन्धी विभिन्न सन्धी महासंधीहरूको कार्यान्वयनको सम्बन्धमा आवधिकरुपमा विभिन्न खालका प्रतिवेदनहरू नेपाल सरकारबाट संयुक्त राष्ट्रसंघमा बुझाउनु पर्ने बताउदै यसलाई प्रभावकारी बनाउन नेपाल सरकारले मानव अधिकार कार्ययोजना निती अवलम्बन गरेको बताउनु भयो ।
इन्सेकले पाँचौ राष्ट्रिय मानव अधिकारका कार्ययोजनालाई कार्यान्वयन गर्नका लागि विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको संयोजक महतले बताउनु भयो ।
जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले यो नेपाल सरकारको काम भएकोले यसलाई छिट्टै नै जिल्लाका स्थानियतहहरू र विभिन्न सरोकारवालाहरूसँग समन्वय गरी काम अगाडी बढाउने प्रतिवद्धता जनाउनु भयो ।
पार्वती आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समुहसँग मानव अधिकारका सवालमा अन्तरक्रिया तथा छलफल कार्यक्रम जेठ २२ गते सम्पन्न भएको छ । इन्सेक सुदूरपपिश्चम…
इन्सेकद्वारा अभिमुखिकरण कार्यक्रम शुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८० जेठ २२ गते जनकपुरधाममा बलपूर्वक बेपत्ता पारिएका पीडित पक्षहरूको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सातै प्रदेशका प्रदेश संयोजक र प्रलेख अधिकृतहरूलाई अभिमुखिकार्यक्रम…
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…