मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिकामा गठन भएको मानव आधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि सञ्चालन भएको दुई दिने क्षमता अभिवृद्धि तालिम मनहरी एफ एमको सभाहलमा ०७९ फागुन ३० गते सम्पन्न भयो ।
कार्यक्रममा सभाअध्यक्ष लगाएत प्रमुख अतिथि र विभिन्न अतिथिहरूले सुभकामना सहितको आआफ्नो मन्तव्य राख्नुभएका थियो ।
मौलिक अधिकार हाम्रो उच्चकोटिको अधिकार हो अधिकारमा हाम्रो शिक्षा, स्वस्थ्य, खाद्यन्न र वातावरण आदि अधिकारहरू पर्ने कुरा मानव अधिकार समूहका संयोजक तथा कार्याक्रमको अध्यक्षयता ग्रहण गर्नुभएका विमला गोपालीले बताउनु भयो ।
कार्यक्रमहरू व्यवहारिक रुपमा सञ्चालन गर्नुपर्ने र जान्ने बुझ्ने मानिस भन्दा यस्ता र्कायक्रममा निम्न स्तर भएका मानिसहरूलाई समेट्न सके लक्षित वर्गको केही हदसम्म उत्थान हुने मनहरी गाउँपालिकाका उपाध्यक्ष सिता पुलामी मगरले व्यक्त गर्नुभयो ।
पालिकाले नीति नीयम बनाउँदा महिला, बालबालिका, अल्पसङ्ख्यक जनजाति आदिलाई समेटेर बनाउनु पर्ने र भौतिक विकासलाई भन्दा चेतनाको विकासलाई विकासको रुपमा हेर्नुपर्ने इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक गणेश भण्डारीले बताउनु भयो ।
जनताका लागि आएका सुविधा जनताले नै प्राप्त गरुन् भन्ने इन्सेकको उदेस्य भएको र आथिर्क, सामाजिक र संस्कृतिक अधिकारका बारेमा हामी सबै सजग हुनुपर्ने संयोजक भण्डारीले जानकारी दिनुभयो ।
भौतिक विकासलाई मात्र विकास नमानि जनचेतनालाई पनि विकासका रुपमा र्हेनुपर्ने र त्यसको लागि पालिका स्तरमा कानुन बनाउँदा शिक्षा, स्वस्थ्य र वातावरणलाई प्राथमिकतामा राखेर गर्नुपर्ने मनहरी गाउँपलिका वडा नं. ७ का कार्यबाहक वडा अध्यक्ष नवराज सुबेदीले भन्नुभयो ।
मानव अधिकार समूहका सदस्य गोबिन्द पौडेलले अधिकार खर्च हो भने कर्तव्य आम्दानि हो त्यसैले कर्तव्य बढाएर मात्र अधिकार बढाउन सकिन्छ भन्ने कुरा व्यक्त गर्नुभयो ।
मनहरीमा कति धेरै बालबिवाह हुन्छ तर त्यस्को कानुनी सजाय अहिलेसम्म नभएको र यसको लागि मानव अधिकार समूहले सजाय गर्न पहल गर्ने रेडियो मनहरीका प्रबन्ध निर्देशक शिवकुमार रिजालले भन्नुभयो ।
हरेक समुदाय नेतृत्वकर्ताको आधारमा अगाडि बढ्छ त्यसैले नेतृत्व गर्ने व्यक्ति आशा जगाउने खालको हुनुपर्ने बागमती प्रदेश बालकल्याण समाजका सदस्य प्रकाश खतिवडाले बताउने भयो ।
त्यस्तै मानव अधिकार भनेको स्वतन्त्रता समानता र न्यायको सङ्घम स्थान भएको र लोकतान्त्रिक शासन पद्धतिमा राज्यलाई मानव अधिकारको संरक्षक मानिने तर सर्वसाधारण जन्ताहरूले त्यसको अनुभूति गर्न नपाएको इन्सेक बागमती प्रदेश कार्यालयका कार्यक्रम अधिकृत बालुका न्यौपानेले व्यक्त गनुभयो ।
इन्सेक बागमती प्रदेश कार्यलय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले मानव अधिकार शिक्षा कार्यक्रमअन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले सोहि नगरपालिकाको नक्टाझिज–६ (पोखरी महार)…