मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिम सम्पन्न
इच्छाकामना गाउँपाालिका स्तरीय मानव अधिकार समूहका लागि आयोजित दुई दिने कार्यक्रम ०७९ चैत १४ गते समापन भएको छ ।
तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष माया सिलवालले मानव अधिकार मैत्री पालिका बनाउनका लागि आवश्यक नीति नियम बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उहाँले यसका लागि मानव अधिकार समूहबाट पनि स्थानीय ठाउँका समस्या र आवश्यकता पालिकालाई उपलब्ध गराउन आग्रह गर्नु भयो ।
हाम्रा पालिकाका बालबालिकालाई हाम्रै पालिकामा शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न हामी सक्षम छौँ । तर आन्तरिक सर्वेक्षणले पालिका भित्रका सात प्रतिशत बालबालिका पालिका बाहिर गएको पाइएकोले यसमा हामीले गम्भीर भएर समीक्षा गरेका छौँ । खान लाउन नपाउने अवस्था भए पालिकामै सम्पर्क राख्न र बाहिर नपठाउन समेत आग्रह गर्नु भयो ।
उपाध्यक्ष सिलवालले इन्सेकले मानव अधिकार समूह गठन गरेर जनता र हामी बीच पुलको काम गरेकोमा खुशि व्यक्त गर्दै नागरिकका समस्या उठाएर समूहले दिएको ज्ञापन पत्र बुझाएको विषयलाई सकरात्मक लिँदै स्थानीय स्तरका समस्या बुझ्ने मौका पाएको बताउनु भयो ।
यसै गरी वडा नं ४ का वडा अध्यक्ष रुद्र उप्रेतिले नागरिकलाई सर्वसूलभ रुपमा सेवा प्रदान गर्ने कार्यमा आफू सदैव क्रियासील रहेको बताउनु भयो ।
उहाँले सेवाग्राहीका समस्या समाधानका लागि पालिकासँग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो ।
कार्यक्रममा इन्सेकका बागमती प्रदेश संयोजक गणेश भण्डारीले मानव अधिकार समूहका सदस्यलाई दिइएको यस तालिमले स्थानीय स्तरमा हुने मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाको पहिचान गर्न सहज हुने बताउनु भयो ।
यसले गर्दा समूहका सदस्यमा मानव अधिकारका विषयमा साझा धारणा बन्ने हुँदा आगामी दिनमा काम गर्न र विषयको उठान गर्नलाई समूहकका सदस्यहरू सक्षम हुने धारणा राख्नु भयो ।
कार्यक्रमका अध्यक्षता गर्नु भएकी मानव अधिकार समूहका संयोजक पार्वती गिरीले तालिममा सिकेका कुरा आफूमा सिमित नराखि व्यवहारमा उतार्ने प्रतिवद्धता जनाउनु भयो ।
दिपेन्द्र अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समुहसँग मानव अधिकारका सवालमा अन्तरक्रिया तथा छलफल कार्यक्रम जेठ २२ गते सम्पन्न भएको छ । इन्सेक सुदूरपपिश्चम…
इन्सेकद्वारा अभिमुखिकरण कार्यक्रम शुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८० जेठ २२ गते जनकपुरधाममा बलपूर्वक बेपत्ता पारिएका पीडित पक्षहरूको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सातै प्रदेशका प्रदेश संयोजक र प्रलेख अधिकृतहरूलाई अभिमुखिकार्यक्रम…
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…