मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिम सुरु

  ०७९ चैत १४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा चितवनको ईच्छाकामना गाउँपालिकामा गठन भएको मानव आधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि सञ्चालन भएको दुई दिने क्षमता अभिवृद्धि तालिम ईच्छाकामना गाउँपालिका-४ कुरिनटारमा ०७९ चैत १३ गते सुरु भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भूसालले मानवअधिकारको सवालमा प्रदान गरिने दुई दिने क्षमता अभिवृद्धि तालिममार्फत मानव अधिकारको क्षेत्रमा पालिकामा गर्न सक्ने कार्यक्रम र योजनाको रुपरेखा तयार गरि प्रतिवेदन तयार गरि पालिकालाई हस्तान्तरण गर्न आग्रह गर्नुभयो ।

Photo_079-12-14_Chitwan

तालिमको उदघाटन सत्रमा इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले मानव अधिकारको हकलाई सम्बोधन गराउने उद्धेश्यले स्थापना भएको स्मरण गर्दै अहिले शिक्षा, स्वास्थ्य, जातीय विभेद न्युनिकरण तथा वातावरणीय क्षेत्र, खाद्य र अधिकारको साथै मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको अभिलेखिकरण गर्दै आएको बताउनुभयो ।

यस पालिकामा शिक्षा क्षेत्रमा देखिएको समस्या, विद्यालयमा विषयगत शिक्षक अभाव लगायतको क्षेत्रमा मानव अधिकार समूह र सरोकारवालाहरूको ध्यानाकर्षण भई समस्या समाधान तर्फ पालिका अग्रसर हुनुपर्नेमा भण्डारीले जोड दिनुभयो ।

Photo_079-12-14_Chitwan.

यस कार्यक्रमको उदेश्य महिला, बालबालिका, दलित तथा पिछडिएका अन्य अल्पसङ्ख्यक र जोखिममा परेका सममुदायको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको संरक्षण गरी शिक्षा, स्वस्थ्य र वातावरणको अधिकारको विषयमा कानुनी प्रावधानहरूको पहुँचमा वृद्धि गर्नुपर्ने न्यौपानेले बताउनु भयो ।

Photo_079-12-14_Chitwan.,

इन्सेक बागमती प्रदेश कार्यलय, हेटौँडा