मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर सुनिता गुप्ताले मानव अधिकार र कानुनी विषयका बारेमा बुझ्दै जाने क्रम रहेको हुँदा यस तालिमबाट धेरै बिषयबस्तुहरू सिक्ने अवसर पाउने बताउनु भयो ।
उहाँले उपप्रमुखको मुख्य कार्य भनेको पीडित पक्षलाई न्याय दिने भएकोले निष्पक्षरुपमा न्याय दिन परेको समेत उहाँले बताउनु भयो ।
मायादेवी गाउँपालिकाका उपाध्यक्ष सरस्वती यादवले मानव अधिकार सम्बन्धि तालिमले हामी जनप्रतिनिधिहरूलाई मानव अधिकारका सवालमा बुझ्न सहज हुने बताउनु भयो । उहाँले आफु जनप्रतिनिधिको हैसियतमा रहदा गाउँपालिकाले दिने सेवा सुविधामा जनतालाई समान अधिकार दिने प्रतिवद्धता जनाउनु भयो ।
जिल्ला अदालत कपिलवस्तुका श्रेष्तेदार सुमन पाण्डेले मानव अधिकार, मौलिक हक, न्यायीक समितिको काम कर्तव्य अधिकारका विषयमा सहजीकरण गर्दै कानुनमा टेकेर मात्र निर्णय गर्न न्यायिक समितिलाई सुझाव दिनु भयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख शैलेश्वरी बोहोराले महिलासँग सम्बन्धीत कानुन घरेलु हिंसा , बहु विवाह, बाल विवाह लगायतका कानुनी विषयमा सहजीकरण गर्नु भएको थियो ।
मानव अधिकारकर्मी पोमनारायण पौडेलले आर्थिक, सामाजिक, तथा सास्कृतिक अधिकार र उपभोक्ताको अधिकारको विषयमा सहजीकरण गर्नु भयो ।
इन्सेकका लुम्बिनी प्रदेशका कार्यक्रम संयोजक सरस्वती मल्लले तालिमको उदेश्य माथि प्रकाश पार्दैै इन्सेकले मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा लामो समय सम्म काम गर्दै आएको बताउनु भयो ।
दुई दिन सम्म सञ्चालन हुने तालिममा इन्सेक अभियान र मानव अधिकार, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र उपभोक्ता अधिकार, मानव अधिकार मौलिकहक र न्यायिक समितिको काम कर्तव्य अधिकार, लैगिंक हिंसा र यसको कानुनी प्रावधान वर्तमान अवस्थाका बारेमा सहजजिकरण गरिने इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले बताउनु भयो ।
पार्वती आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले मानव अधिकार शिक्षा कार्यक्रमअन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले सोहि नगरपालिकाको नक्टाझिज–६ (पोखरी महार)…