मानव अधिकार समूह गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)द्धारा मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत शिक्षा, स्वास्थ्य, बालअधिकार र वातावरणीय अधिकारका सवालमा परियोजना सञ्चालनका लागि बर्जु गाउँपालिकामा मङ्सिर २१ गते मानव अधिकार समूह गठन गरिएको छ ।
इन्सेक प्रदेश १, कार्यालय विराटनगरको आयोजनामा मानव अधिकार सामाजिक न्यायका निम्ति परियोजना परिचय तथा मानवअधिकार समूह गठन कार्यक्रममा जितनारायण चौधरीको अध्यक्षतामा समूह गठन गरिएको छ ।
समूह गठन कार्यक्रमको उद्घाटन कार्यक्रममा इन्सेकका प्रदेश १, का प्रमुख सोमराज थापाले मानव अधिकारमैत्री समाज निर्माणका लागि इन्सेकले परियोजना सञ्चालन गरेको बताउनु भयो । आगामी तीन वर्षसम्म सञ्चालन हुने परियोजनाले गाउँपालिकाभित्र शिक्षा, स्वास्थ्य र वातावरणीय सवालमा विषयवस्तु उठान गर्ने र तिनको सम्बोधन स्थानीय सरकारले गर्नु पर्ने बताउनु भयो ।
बर्जु गाउँपालिकाका उपाध्यक्ष नितुकुमारी चौधरीले इन्सेकले परियोजना सञ्चालनका लागि बर्जु गाउँपालिका छनौट गरेकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले गाउँपालिकामा मानव अधिकार सचेतना आवश्यक भएकाले इन्सेकको परियोजना प्रभावकारी हुने बताउनु भयो ।
समूह गठन कार्यक्रममा बर्जु गाउँपालिका –१ का वडाध्यक्ष दिलकुमार गुरुङ्ग, बर्जु–२ का वडाध्यक्ष महेन्द्रप्रसाद कामत, बर्जु–३ का वडाध्यक्ष बिनोदकुमार गुरुङ्ग, बर्जु –५ का वडाध्यक्ष अजयकुमार चौधरी, स्वास्थ्य शाखा प्रमुख रामबाबु श्रेष्ठ , सहकारी शाखा प्रमुख अशोक यादव, न्यायिक शाखा प्रमुख अर्जुन नेपाल लगायत स्थानीय सरोकारवालाहरूको सहभागिता थियो ।
मानव अधिकारका सवाललाई उठानका लागि २४ सदस्यीय मानव अधिकार समूह गठन गरिएको सरोज चौधरीले जानकारी दिनुभयो ।
नव गठित मानव अधिकार समूहको उपाध्यक्षमा मधु चौधरी, सचिबमा मनोजकुमार मेहता, सह सचिबमा गीताकुमारी चौधरी र कोषाध्यक्षमा लगनलाल चौधरी रहनु भएको छ ।
जयकृष्ण यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
रिन्यु परियोजनाको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका-७, सुनखानीमा रिन्यु परियोजनाको वार्षिक समीक्षा कार्यशाला ०८० असोज ६ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले…
मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८०असोज ५ गते धनुषाकाे बटेश्वर गाउँपालिका-३ को कार्यालयमा मानव अधिकार समूहको बैठक सम्पन्न भएको छ । बटेश्वर गाउँपालिकामा गठित मानव अधिकार…
बलपूर्बक बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परीपुरण आवस्यक
बल पूर्बक बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परीपुरण आवस्यक रहेको कार्यक्रममा सहभागीले जोड दिएका छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज द्वन्द्व पीडित समिती बर्दियाको आयोजनामा असोज ५ गते आयोजित कार्यक्रममा …
शान्ति दिवसको अवसर अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा द्वन्द्व प्रभावितहरुसँग अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । ‘शान्तिकालागिकार्यहरु ः विश्वव्यापी लक्ष्यहरुको लागि हाम्रो महत्वकांक्षा’ भन्ने मूल नाराका साथ भदौ ४ गते अनौपचारिक क्षेत्र सेवा…
दुर्गम बस्ती हियाखोलामा बालविवाह विरुद्ध कानुनी सचेतना
तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा ६ नम्बर वडापालिका र कालिका आधारभूत विद्यालय हियाखोलाको समन्वयमा बालविवाह…