मानव अधिकार समूह गठन तथा परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

  ०७९ भदौ २९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जानकी गाउँपालिकामा मानव अधिकार समूह गठन तथा परियोजना परिचयात्मक कार्यक्रम भदौ २८ गते सम्पन्न भएको छ ।

उपस्थित भेलाले गाउँपालिकामा १२  सदस्यीय मानव अधिकार समूह गठन गरेको छ । उक्त समूहको पहिलो बैठकले समूहमा पदाधिकारी थप गर्ने र र बाल अधिकार सचेतना समूहकालागि दुई वटा  सामुदायिक विद्यालय नेरा मावि र जानकी मावि छनौट गर्ने निर्णय गरेको छ ।

कार्यक्रमा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले जानकी गाउँपालिकामा मानव अधिकार सङ्रक्षण, प्रवद्र्धन गर्न मानव अधिकार शिक्षा कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने बताउदै आवश्यक सहकार्य र सहयोग गर्ने प्रतिवद्धता गर्नु भयो ।

जानकी गाउँपालिका– ५ का वडा अध्यक्ष टिकानाथ यादवले स्थानीय तहमा मानव अधिकार मैत्री नीति तथा कानुन निर्माणमा सहयोग पुग्ने भएकोले कार्यक्रम स्वागत योग्य रहेको बताउनु भयो ।

वडा नम्बर ६ अध्यक्ष जगदीश प्रसाद हरिजनले वडा स्तरदेखि प्रदेश र संघीय तहसम्मको मानव अधिकार समूहको संरचना बन्ने भएकोले मानव अधिकार संरक्षण ,प्रवद्र्धन  र मानव अधिकार मैत्री कानुनमा पनि टेवा पुग्ने बताउनु भयो ।

कार्यक्रमको उद्देश्य तथा परियोजना सम्बन्धी जानकारी र सहजिकरण इन्सेक नेपालगञ्जकी कार्यक्रम  फोकल पर्सन सरस्वती मल्लले गर्नु भयो ।

कार्यक्रममा समूदाय स्तरका नागरिक, विषयगत शाखा प्रमुख , वडा अध्यक्ष, सदस्यलगायतको सहभागिता रहेको थियो ।

photo20220914-1banke

लक्ष्मी थारु