मानव अधिकार समूहसँग छलफल बैठक सम्पन्न

  ०८० फागुन ३ गते

डीसीएको आर्थिक सहयोग र  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित संरक्षण परियोजना अन्तर्गत बैजनाथ गाउँपालिकाको मानव अधिकार समूहसँग छलफल बैठक फागुन ३ गते सम्पन्न भएको छ ।

मानव अधिकार समूहले अनुभव साटासाट गर्दै बैजनाथ गाउँपालिकामा घरेलुहिंसा , लागुपदार्थ दुर्व्यवशनी, वातावरण तथा जलबवयु परिवर्तन सचेतना नहुनु, शुद्ध खानेपानीको समस्या , स्वास्थ्य संस्थाको सेवा गुणस्तरीय नहुनु जस्ता  समस्या पहिचान गरेको छ ।

मानव अधिकार समूह संयोजक भागीलाल विकले मानव अधिकारको क्षेत्रमा काम गर्न चुनौती रहेको बताउदै सामाजिक न्यायका लागि समूहलाई दिगोपना तथा निरन्तरता दिएर सक्रियता साथ काम गर्ने प्रतिबद्धता गर्नुभयो ।

बैठकमा डिसीएका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले मानव अधिकार समूहले मौलिक हक मध्ये शिक्षा, स्वास्थ्य, र वातावरण अधिकारमा जोड दिनुपर्ने कुरामा  जोड दिदै समू हको दिगोपनाका लागि बैठकको आयोजना गरेको बताउनु भयो ।

photo2024021601banke

ध्रुबराज शर्मा