मानव अधिकार समूहसँग इन्सेकको छलफल
राप्ती सोनारी गाउँपालिकास्तरीय मानव अधिकार समूहसँग जेठ ५ गते इन्सेकका प्रतिनिधि र सरोकारवालाबिच मानव अधिकारको अवस्थाका बारेमा छलफल सम्पन्न भएको छ ।
छलफलमा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले मानव अधिकार समूह 'लुज फोरम' मात्र नभई वैधानिक रूपमा लैजान पर्ने कुरालाई जोड दिँदै मानव अधिकार समूहको समन्वय र सहकार्य गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।
छलफलमा उपभोक्ता हित संरक्षण समितिको प्रभावकारी कार्यान्वयन हुन नसकेको र वातावरण अधिकारलाई पनि प्राथमिकता राख्न मानव अधिकार समूहका पदाधिकारीले उपाध्यक्ष मनिषासिंह थारूलाई अनुरोध गरेका थिए ।
मानव अधिकार समूहकी संयोजक धनी वलीले राप्ती सोनारी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य, विभेद विरूद्धको सवालमा समुदायमा सचेतना फैलाउदँदै जिम्मेवार निकायलाई जवाफदेही बनउान वकालत गरिरहेको भन्दै बालविवाह न्यूनिकरण, खाद्य अधिकार र वातावरण अधिकारमा चुनौती रहेको बताउनु भयो ।
मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य क्षेत्रमा वडाको समन्वयमा भेटघाट तथा अनुगमन गर्ने, वातावरण अधिकारसम्बन्धी कार्यक्रमका लागि पहल गरी वातावरण सम्बन्धी सचेतना फैलाउने, खाद्य अधिकारका विषयमा पालिका उपाध्यक्ष सहकार्य गरी अनुगमनमा तीव्रता दिने जस्ता आगामी कार्ययोजना पनि तय समूहका सचिव प्रेम चौधरीले बताउनु भयो ।
समूहका सदस्यहरूले आफ्नो वडामा गरेका गतिविधिको बारेमा अनुभव आदानप्रदान गरेको थिए । बैठकमा गाउँपालिका स्तरीय मानव अधिकार समूह, वडा स्तरीय मानव अधिकार समूह, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल र उपाध्यक्ष मनिषासिंह थारूको सहभागिता रहेको थियो ।
इन्सेकले विगत चार वर्ष देखि राप्ती सोनारी गाउँपालिकामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
लक्ष्मी थारू
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…