मानव अधिकार समूहले मागदावी गर्दै खजुरा गाउँपालिका ध्यानाकर्षण पत्र बुझायो
मानव अधिकार समूह खजुराले सरोकारवाला निकायलाई जवाफदेही बनाउन खानेपानी, स्वास्थ्य, शिक्षा, वातावरण अधिकारका विषयमा मागदावी गर्दै कात्तिक १ गते ध्यानाकर्षण पत्र बुझाएको छ ।
शिक्षा क्षेत्रमा दिवाखाजा अनमियतता, शौचालय, खानेपानी व्यवस्थित बनाउनु पर्ने, विषयगत शिक्षक अभाव, एक विद्यालय एक स्टाफ नर्स, विद्यालयमा प्राथमिक उपचारको किटबक्स उपलब्ध हुनुपर्ने लगायतका विषयहरू माग गरेको छ ।
यसैगरी, स्वास्थ्य क्षेत्रमा औषधि अभाव, स्वास्थ्य बिमा कार्यक्रम लगायत सरकारले दिने स्वास्थ्य सेवा बारे मधेशी मुस्लिम समुदायमा जानकारी गराउन सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, प्लाष्टिक फोहोर व्यवस्थापन, वातावरण सङ्क्षणसम्बन्धी कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने, जथाभावी फालेको फोहोर वातावरण प्रदुषण हुने हँदा मिनिपार्क नजिकको पेडारी नालामा फालिने प्लाष्टिक फोहोरको उचित व्यवस्थापन गर्नपर्ने, मागहरू उल्लेख गरिएको छ ।
बर्मेली टोलवासीले २०७१ देखि स्वच्छ खानेपानी पिउन नपाएको खजुरा गाउँपालिका–६ को हेमसागर निरौलाले बताउनु भयो ।
खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले घरेलु हिंसा, जातीय विभेद तथा लक्षित वर्गकालागि बजेट वृद्धि गरी शसक्तिरकण गर्दै जाने, फोहोर व्यवस्थापन गर्न बैजनाथ गाउँपालिकासँग समन्वय गरी डमपिंङ्ग साइड निर्माण गर्ने, र सेनेटरी प्याड व्यवस्था गर्न मेसिन खरिद गर्न गाउँ सभामा पेश गरी सकेको जानकारी गराउदैं आगामि दिनमा कार्यान्वयन गर्ने भनि प्रतिबद्धता जनाउनु भयो ।
यसैगरी, इन्सेक नेपालगञ्जकी कार्यक्रम अधिकृत सरस्वती मल्लले खाद्यान्न मिसावट, अदाद्य बस्तु बिक्री बितरण भएको विषयमा बजार अनुगमन गर्न उपभोक्ता हित सङ्रक्षण समिति गठन गर्नु पर्ने बताउनु भयो ।
ध्रुबराज शर्मा
सम्बन्धित इन्सेक गतिविधिहरू
विश्वव्यापी आवधिक समीक्षा चौँथो चक्रमा प्रस्तुत प्रतिवेदनका लागि परामर्श सम्पन्न
इन्सेकलगायतका सङ्घसंस्थाहरूको सयुक्त आयोजनामा विश्वव्यापी आवधिक समीक्षा चौँथो चक्रमा प्रस्तुत गरीने प्रतिवेदनका लागि सुझावहरू सङ्कलन गर्न ०८१ कात्तिक २८ गते प्रदेश स्तरीय समीक्षा गोष्ठी नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक…
मानव अधिकार समूहका पदाधिकारी र सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का परामर्शदाता विष्णुप्रसाद पोखरेलले कात्तिक २५ गते माछापुच्छ्रे गाउँपालिकाको मानव अधिकार समूहका पदाधिकारीसँग भेटघाट गरी छलफल गर्नुभएको छ । सो अवसरमा परामर्शदाता पोखरेलले गाउँपालिका उपाध्यक्ष सीता…
पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ कात्तिक २७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । धनगढी उपमहानगरपालिका–१ शान्तिटोलकी १२ वर्षीय बालिकालाई न्यायिक…
विश्वव्यापी आवधिक समीक्षा चौँथो चक्रमा प्रस्तुत प्रतिवेदनका लागि परामर्श सम्पन्न
इन्सेकलगायतका संघसस्थाहरुको सयुक्त आयोजनामा विश्वव्यापी आवधिक समीक्षा चौँथो चक्रमा प्रस्तुत गरीने प्रतिवेदनका लागि सुझावहरु संकलन गर्न ०८१ कात्तिक २६ गते धनगढीमा प्रदेशस्तरीय परामर्श गोष्ठी सम्पन्नभएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश…
दुई विद्यालयमा बाल अधिकार परिचालन कोष हस्तान्तरण
पञ्चपुरी गाउँपालिका–२, पलैँटेस्थित सूर्यप्रकाश माध्यामिक विद्यालय र पञ्चपुरी नगरपालिका–५ स्थित विद्याज्योति माध्यामिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार समूहलाई बाल अधिकार परिचालन कोष हस्तान्तरण गरिएको छ…