मानव अधिकार समूहद्वारा सम्पन्न कार्यको समीक्षा बैठक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा डाक्नेश्वरी नगरपालिका र शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा सम्पन्न कार्यको समीक्षा तथा आगामी कार्ययोजना र रणनीतिक सम्बन्धमा ०८१ असार २४ गते बैठक बसेको छ ।
शम्भुनाथ नगरपालिकास्थित वडा नम्बर १२ को सभाकक्षमा सम्पन्न बैठकले शम्भुनाथ नगरपालिका र डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहबाट शिक्षा, स्वास्थ्य, वातावरण, महिला हिंसा र सबै प्रकारका समस्याहरूबारे समीक्षा गर्दै आगामी कार्ययोजना र रणनीतिक योजना सम्बन्धमा निर्णय गरेको छ ।
दुबै नगरपालिकाभित्र देखिएका विविध समस्याहरू समाधान गर्ने, विगतमा बनेका कार्ययोजना सम्पन्न गर्ने निर्णय गरिएको इन्सेकका सहजकर्ता अजय परियारले जानकारी दिनुभयो । महिला हिंसाबाट पीडित र न्यायबाट वञ्चित व्यक्तिहरूको पहिचान गरी नगर प्रमुख र महिला तथा बालबालिका शाखा र सम्बन्धित शाखालाई ध्यानाकर्षण गरी समाधानका लागि पहल गरिने शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहका अध्यक्ष पुलकित भगतले बताउनु भयो । भगतका अनुसार अधिकारलाई सुनिश्चित र संरक्षण गर्न सबै खाले हिंसा विरूद्ध अभियान सञ्चालन गरिनेछ ।
डाक्नेश्वरी र शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहले स्थानीय तहको समस्या पहिचान तथा कार्ययोजना निर्माण गर्दै समस्याहरूबारे नगर प्रमुख र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने छ । यस्तै बैठकले वडा स्तरीय मानव अधिकार समूह गठन गर्ने, मानव अधिकार क्षेत्रका लागि बजेट विनियोजन गर्न पालिकाहरूमा ध्यानाकर्षण गर्ने निर्णय गरिएको छ ।
बैठकमा वडा अध्यक्ष संजय साहले मानव अधिकार समूहको कामको प्रशंसा गर्नुहुँदै मानव अधिकारको संरक्षण, सम्बद्र्धनका लागि पहल गरिरहनु पर्ने बताउनु भयो । न्यायका लागि मानव अधिकार समूहलाई सदैव सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रदेश मानव अधिकार समूहकी अध्यक्ष देबीमाया भट्टराईले मानव अधिकारको संरक्षण र पहल गर्नु हामी सबैको कर्तव्य भएकाले त्यसैगरी कार्ययोजना बनाइएको बताउनु भयो । अधिकारबाट कोही पनि वञ्चित नहुन भनेर बालमैत्री बिद्यालय, स्वास्थ्य सेवामा पहुँच, वातावरणको रक्षा हुने गरी समीक्षा तथा आगामी कार्ययोजना र रणनीति तयार गरिएको उहाँले बताउनु भयो । मानव अधिकार समूहद्वारा स्थानीय तहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, लैंङ्गिक हिंसा विरूद्ध, वातावरणको अधिकार तथा जातीय विभेदसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिरहेको, मानव अधिकारको रक्षाका लागि काम गरिरहेको दुबै पालिकाको समूह र प्रदेश मानवअधिकार समूहले काम गरिरहेको भट्टराईले बताउनुभयो ।
डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डलले समूहको पहलमा नगर सभाबाट विकासको योजनासँगै बाल अधिकार र मानव अधिकार संरक्षण हेतु लैङ्गिक हिंसा विरुद्धको कार्यक्रमको लागि बजेट विनियोजन भएको जानकारी दिनुभयो ।
शम्भुनाथ नगरपालिका सदस्य रहनु भएका शिवशंकर रामले मानव अधिकार समूहको पहलमा नगरपालिकाले बाल विवाह मुक्त नगर बनाउन बजेट विनियोजन गरेको तथा विभेद र छुवाछुत विरूद्ध कार्यक्रम पालिकाबाट गर्न लागेको जानकारी दिनुभयो ।
वडा अध्यक्ष संजय साहको अध्यक्षता र इन्सेक सहजकर्ता परियारले सहजिकरण गर्नुभएको कार्यक्रममा डाक्नेश्वरी र शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूह, पालिका सदस्यहरू, प्रदेश मानव अधिकार समूहका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ । उक्त बैठकमा विगतमा भएको निर्णयको…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…