मानव अधिकार समूहद्वारा शिक्षा शाखाका अधिकृतलाई ध्यानाकर्षण–पत्र

  ०८१ वैशाख १२ गते

Photo 20240424 Bateshwor

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा बटेश्वार गाउँपालिकामा गठित पालिका स्तरीय मानव अधिकार समूहले ०८१ वैशाख ९ गते उक्त गाउँपालिका स्थित शिक्षा शाखाका अधिकृत रामलाल महतोलाई ध्यानाकर्षण–पत्र बुझाएको छ ।

स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गराउने उद्देश्यले अधिकृत महतोलाई ध्यानाकर्षण–पत्र बुझाएको हो ।

मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना (आ.व २०७७/७८–२०८०/८१) कार्यान्वयन तथा वैशाख महिनामा सामुदायिक विद्यालयमा हुने विद्यार्थी भर्ना अभियानमा सहयोग पुर्‍याउने उद्देश्य रहेकोले सो अभियानलाई गाउँपालिकाका शिक्षा शाखाले समेत पहल गरिदिनुहुन अनुरोध बटेश्वर गाउँपालिकाका मानव अधिकार समूहले ध्यानाकर्षण–पत्र मार्फत गर्नु भएको छ ।

ध्यानाकर्षण–पत्र मार्फत विद्यार्थी भर्ना अभियानमा गरीब, विपन्न, दलित, सिमान्तकृत, पिछडा वर्ग र वञ्चितिकरणमा परेका सबै समुदायका बालबालिकाहरूलाई पनि यस अभियानमा सहभागी गराई दिनुहुन समूहले अनुरोध गर्नु भयो ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन इन्सेकले धनुषाको बटेश्वर गाउँपालिकामा मानव शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र बालबालिकाहरूको शिक्षाको अधिकारलाई सुनिश्चत गर्न गाउँपालिकाका सम्पूर्ण वर्ग तथा समुदायका बालबालिकाहरूलाई शिक्षा, समान शिक्षा र गुणस्तरीय शिक्षामा पहुँचको लागि उचित वातावरण निर्माण गरिदिनुहुन मानव अधिकार समूहले ध्यानाकर्षण–पत्रमा उल्लेख गरेका छन् ।

त्यस्तै, बटेश्वार गाउँपालिका शिक्षा शाखाका अधिकृत रामलाल महतोले मानव अधिकार समूहलाई धन्यवाद दिनुहुँदै ध्यानाकर्षण–पत्र मार्फत उक्त समूहले गरेका मागहरूको सन्दर्भमा शिक्षा शाखाले सदैव सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

मधेस प्रदेश मानव अधिकार समूहका उपध्यक्ष हरिनारायण दास, सदस्य रामहृदय महासेठ र सरोजकुमार महतो, इन्सेक मधेस प्रदेश कार्यालयका धनुषा जिल्ला सहजकर्ता शिवजी परियार लगायतको टोलीले बटेश्वार गाउँपालिका शिक्षा शाखाका अधिकृत रामलाल महतोलाई ध्यानाकर्षण–पत्र बुझाउनु भयो ।

सन्तोषकुमार यादव