मानव अधिकार समूहद्वारा शिक्षा, स्वास्थ्य र अधिकारका सवालमा सहजीकरण
मोरङको रतुवामाई नगरपालिका-९ का ४२ वर्षीय तेजप्रसाद भण्डारी मानव अधिकार समूह रतुवामाईका अध्यक्ष हुनुहुन्छ । उहाँ मानव अधिकार समूहमा आबद्ध हुनुअघि मानव अधिकारका सवालहरूका विषयमा पूर्ण जानकारी थिएन ।
स्थानीय निकायलाई सचेत पार्दे जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रम अन्र्तगत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गठन गरेको मानव अधिकार समूहको अध्यक्ष भएपछि उहाँलाई मानव अधिकारका सवालमा धेरै जानकारी भयो । पछिल्लो दुई वर्षमा उहाँ नेतृत्वको समूहले नगरपालिकाभित्र मानव अधिकार शिक्षा, सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार, सरसफाइ, जनचेतना मुलक सडकलगायतका काम गरेर सचेतना र जिम्मेवार निकायलाई जवाफदेही बनाउँदै लगेको छ ।
अध्यक्ष भण्डारीले विद्यालय भर्ना हुन नसकेका पाँच जना अपाङ्गता भएका बालबालिकालाई पनि विद्यालय भर्नामा सहजीकरण गरिएको छ । मानव अधिकार समूह गठनपछि अधिकारका क्षेत्रमा धेरै सुधार भएको अध्यक्ष भण्डारीको भनाइ छ ।
सुनसरीको बर्जुतालमा ०८० असोज १८ गते आयोजित मानव अधिकार समूह सदस्यहरूको अन्तर समुह भ्रमण तथा अनुभव आदानप्रदान कार्यक्रममा अध्यक्ष भण्डारीले मानव अधिकार समूहले रतुवामाई नगरपालिकाभित्र गरेका कार्यहरूकोे प्रगति सुनाउँदा मानव अधिकार समूह सुनसरीका पदाधिकारी उत्साहित भएका थिए ।
कार्यक्रममा सुनवर्षी नगरपालिकामा गठित मानव अधिकार समूहका अध्यक्ष लक्ष्मण बुढाथोकीले एक वर्षको अवधिमा मानव अधिकारका क्षेत्रमा धेरै कार्य गरिएको बताउनु भयो । उहाँले विद्यालयको शौचालयको सुधार, बालबालिकाको शिक्षाको अधिकार, जनचेतना गोष्ठीलगायका कार्य बताउनु भयो । स्वास्थ चौकीको अवस्था लगायतबारे अध्ययन गरी सम्वन्धित निकायसँग छलफल गरी सुधार गरिएको अध्यक्ष बुढाथोकीको भनाइ छ । उहाँले मानव अधिकार समूहलाई सशक्त बनाउँदै समेत लगेको बताउनु भयो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका मानव अधिकार समूहका अध्यक्ष राजकुमार मण्डलले शिक्षा, स्वास्थ्य, जाजीय विभेद, बालबालिका र वातावरण अधिकारका विषयमा स्थानीयलाई सचेतना गराउने कार्य गरिएको अन्तरसमूहको बैठकमा बताउनु भयो । उहाँले मानव अधिकारका विभिन्न सवालहरूमा स्थानीय तहका प्रमुखको ध्यानाकर्षण गराउने काम गरिएको बताउनु भयो ।
बर्जु गाउँपालिका मानव अधिकार समूहका अध्यक्ष जितनारायण चौधरी मानव अधिकार समूहको गठनपछि पहिलेको तुलनामा सुधार आएको बताउनु भयो । गाउँपालिकाले पनि मानव अधिकार समूहसँग समन्वय गरेर योजना तथा कार्यक्रमहरु सञ्चालन गर्ने गरेको अध्यक्ष चौधरीले बताउनु भयो ।
इन्सेकले कोशी प्रदेशका मोरङ र सुनसरीका चार ओटा स्थानीय तहहरूमा मानव अधिकार समूह गठन गरी स्थानीय निकायलाई सचेतपार्दे जिम्मेवार निकायलाई जवाफदेही बनाउने काम गर्दै आएको कार्यक्रम अधिकृत बागमति कट्टेलले बताउनु भयो । उहाँले इएलपी परियोजनापछि स्थानीय तहहरूमा मानव अधिकार समूहले अधिकारका सवालमा धेरै काम गरेको बताउनु भयो ।
बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ रायले मानव अधिकार समूहलाई शिक्षा, स्वास्थमा पहुँच नभएकाहरूको खोजी गरी सहयोग गर्न आग्रह गर्नुभयो । शिक्षा, स्वास्थमा पहुँच नभएकाहरूको लागि सहयोग गर्न गाउँपालिका तयार रहेको अध्यक्ष रायले बताउनु भयो ।
मानव अधिकार समूहको गठनपछि मानव अधिकारका सवालमा धेरै जानकारी प्राप्त भएको अध्यक्ष चौधरीको भनाइ छ ।
देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले मानव अधिकारका हरेक सवालमा साझेदारीमा कार्यक्रम गर्न तयार रहेको बताउनु भयो । अध्यक्ष मेहताले मानव अधिकार समूहका हरेक योजनालाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
मानव अधिकार समूहको अनुभव आदानप्रदान कार्यक्रममा इन्सेक कोशी प्रदेशका प्रमुख सोमराज थापाले मानव अधिकार समूहहरूले अधिकारका सवालमा महत्वपूर्ण कार्यहरु गरेको बताउनु भयो । मानव अधिकार समूहको गठनपछि अधिकारका सवालमा स्थानीय सचेत बन्दै गएको बताउनु भयो । मानव अधिकार समूहबिचको अनुभव आदानप्रदानले आगामी दिनमा समूहहरूलाई काम गर्न योजना बनाउन सहयोग पुग्ने संयोजक थापाको भनाइ छ ।
कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास राज्य मन्त्री सिर्जना राईले मानव अधिकार सचेतना कार्यक्रम ग्रामीणसहित हरेक क्षेत्रमा जरुरी रहेको बताउनु भयो ।
सुनसरी र मोरङका मानव अधिकार समूह सदस्यहरुको अन्तर समूह भ्रमण तथा अनुभव आदानप्रदान विषयक कार्यक्रममा मन्त्री राईले स्थानीयस्तरमा मानव अधिकार समूहले सचेतनामूलक धेरै काम गर्न सक्ने बताउनु भएको छ ।
जयकृष्ण यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाको प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि कालिका नगरपालिकामा गठन भएको मानव अधिकार समूहले कालिका नगरपालिका प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र…
बाल अधिकार सचेतना समूहद्वारा लैंगिक हिंसा विरूद्धको सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा श्री नेरामावि, भाटनपुर्वा गठित बाल अधिकार सचेतना समूहले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १५ गते लैंगिक हिंसाविरूद्धको सडक नाटक प्रदर्शन गरेको छ…
जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिका–४ स्थित श्री शिव शक्ति माध्यमिक विद्यालयमा गठन गरिएको बालअधिकार सचेतना समूहले ०८० मङ्सिर १३ गते सोही गाउँपालिकाको बजार चौकमा जनचेतनामूलक सडक नाटक…
माछापुच्छ्रे गाउँपालिकालाई मानवअधिकार समूहको १३ बुँदे ध्यानकर्षण पत्र
माछापुच्छ्रे गाउँपालिकाको मानवअधिकार समूहले गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी र प्रमुख प्रशासकिय अधिकृत गोपिकृष्ण अर्याललाई १३ बुँदे माग राख्दै मङ्सिर १४ गते ध्यानकर्षण पत्र बुझाएका छन् । मानव…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जनता माध्यमिक विद्यालय, रामपुर जमुवामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० मङ्सिर १२ गते शम्भुनाथ नगरपलिका–१० लहरनिया टोलमा सडक नाटक प्रदर्शन गरेका छन्…