मानव अधिकार समूहद्वारा विद्यालयको अनुगमन
माछापुच्छ्रे गाउँपालिकामा इन्सेकले गठन गरेको मानव अधिकार समूहले भदौ २६ गते सोही गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालयको अनुगमन गरेको छ ।
माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा मानव अधिकार समूहकी कोषाध्यक्ष प्रेमकुमारी अधिकारी र सहजकर्ता शुष्मा आचार्य अधिकारीले अनुगमन गर्नुभएको हो ।
विद्यालयको पछिल्लो अवस्थाका बारेमा अनुगमन गरेको सहजकर्ता आचार्यले बताउनु भयो । उहाँले भन्नुभयो-‘विद्यालयको खानेपानीको अवस्था, शौचालय र पठनपाठनको अवस्थाको बारेमा अनुगमन गरेका हौँ ।’
यसअघि पनि समूहले विद्यालयको अनुगमन गरेको थियो । त्यसबेला छात्रा शौचालयमा ढोका नरहेको र पानीको अभाव रहेको पाइएको थियो । यसपटक भने ती विषयमा सुधार भएको आचार्यले बताउनु भययो ।
बाल अधिकार समूहका संरक्षक शिक्षक नवराज अधिकारीले विद्यालयका क्रियाकलापमा बालबालिकाको सहभागितालाइ जोड दिनुपर्ने बताउनु भयो । विद्यालयलाई बालमैत्री बनाउनुपर्नेमा उहाँको जोड थियो ।
यसैबिच माछापुच्छ्रे गाउँपालिकामा मानव अधिकारको क्षेत्रमा काम गर्न इन्सेक औपचारिक रुपमा सूचीकृत पनि भएको छ ।
सञ्जय रानाभाट
सम्बन्धित इन्सेक गतिविधिहरू
शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना…
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान कार्यक्रम ०८१…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…