मानव अधिकार समूहद्वारा वडा सचिवलाई ध्यानाकर्षण-पत्र
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित बटेश्वार गाउँपालिकाका माना अधिकार समूहले वडा स्तरीय मानव अधिकार समूह गठन गर्नु पर्ने माग राख्दै ०८० चैत २६ गते बटेश्वार गाउँपालिका वडा नं ३ का वडा सचिव सुरेश कुमार महतोलाई ध्यानाकर्षण–पत्र बुझाएको छ ।
स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गराउने उद्देश्यले बटेश्वर गाउँपालिका वडा नं ३ का वडा सचिव महतोलाई ध्यानाकर्षण–पत्र बुझाइएको हो ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन इन्सेकले धनुषाको बटेश्वर गाउँपालिकामा मानव शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र मानिसका अधिकारहरुलाई व्यक्तिहरूको पहुँचसम्म पुर्याउन वडा स्तरीय मानव अधिकार समूह गठन गर्नुपर्ने भएकोले सो को लागि सहज वातावरण निर्माण गरिदिनुहुन बटेश्वार गाउँपालिकाका मानव अधिकार समूहले ध्यानाकर्षण पत्र मार्फत अनुरोध समेत गरेका छन् ।
त्यस्तै, बटेश्वार गाउँपालिका वडा नं ३ का वडा सचिव महतोले मानव अधिकार समूहलाई धन्यवाद दिनुहुँदै ज्ञापन पत्र मार्फत उक्त समूहले गरेका मागहरू जति सक्दो चाँडै पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
मधेस प्रदेश मानव अधिकार समूहका उपध्यक्ष हरिनारायण दास, सदस्य रामहृदय महासेठ, मानव अधिकार समूहका अध्यक्ष सुरज महतो, उपध्यक्ष लक्ष्मी कुमारी महतो, सदस्य सरोज कुमार महतो, इन्सेक मधेस प्रदेश कार्यालयका धनुषा जिल्ला सहजकर्ता शिवजी परियार लगायतको टोलीले बटेश्वार गाउँपालिका वडा नं ३ को सचिव महतोलाई ध्यानाकर्षण–पत्र बुझाउनु भयो ।
सन्तोष कुमार यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा शम्भुनाथ नगरपालिका शिक्षा शाखा प्रमुखलाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा शम्भुनाथ नगरपालिकामा गठित नगर स्तरीय मानव अधिकार समूहले शम्भुनाथ नगरपालिकास्थित शिक्षा शाखा प्रमुख बिदुर विक्रम थापालाई ०८१ मङ्सिर २४ गते ध्यानाकर्षण पत्र बुझाएको छ। नगर…
वातावरण र मानव अधिकारको अवस्था विषयक सार्वजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र कायापलटको सहकार्यमा वातावरण र मानव अधिकारको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम ०८१ मङ्सिर २६ गते जनकपुरधाममा सम्पन्न भएको छ । डिसिए…
मानव अधिकार रक्षकहरुको अधिकारसम्बन्धी मस्यौदा विधेयक मुख्यमन्त्रीलाई बुझाइयो !
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक अध्यक्ष सुशिल प्याकुरेल र इन्सेक सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशी सहितको टोलीले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर मानव अधिकार रक्षकहरुको अधिकारसम्बन्धी मस्यौदा विधेयक…
‘संक्रमणकालिन न्याय र अबको बाटो’ विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा ‘संक्रमणकालिन न्याय र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम ०८१ मङ्सिर २६ गते धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा…
लैङ्गिक हिंसा विरुद्ध प्रभात र्याली र सचेतना कार्यक्रम सम्पन्न
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको समन्वय तथा ब्यवस्थापनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम अन्तर्गत (डिसेम्वर १० मा) ०८१ मङ्सिर २५ गते चौतारा सागाचोकगढी नपा १२ मा…