मानव अधिकार समूहद्वारा वडा अध्यक्षलाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा मिथिला नगरपालिकामा गठित नगर स्तरीय मानव अधिकार समूहले ०८० चैत १८ गते मिथिला नगरपालिका–९ का वडा अध्यक्ष दिपकजंग थापालाई ध्यानाकर्षण–पत्र बुझाएको छ ।
स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गराउने उद्देश्यले मिथिला नगरपालिका–९ का वडाका अध्यक्ष थापालाई ध्यानाकर्षण–पत्र बुझाएको मानव अधिकार समूहका अध्यक्ष मोहन कुमार महतोले बताउनु भयो ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन इन्सेकले धनुषाको मिथिला नगरपालिकामा मानव शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र मानिसका अधिकारहरुलाई व्यक्तिहरूको पहुँचसम्म पुर्याउन वडा स्तरीय मानव अधिकार समूह गठन गर्नुपर्ने भएकोले सो को लागि सहज वातावरण निर्माण गरिदिनुहुन नगर स्तरीय मानव अधिकार समूहले ध्यानाकर्षण पत्र मार्फत अनुरोध समेत गरेका छन् ।
त्यस्तै, मिथिला नगरपालिका वडा नं ९ का अध्यक्ष दिपकजंग थापाले मानव अधिकार समूहलाई धन्यवाद दिनुहुँदै ज्ञापन पत्र मार्फत उक्त समूहले गरेका मागहरू जति सक्दो चाँडै पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
मदेस प्रदेश मानव अधिकार समूहका सदस्य अनिता परियार, मानव अधिकार समूहका अध्यक्ष मोहन कुमार महतो, इन्सेक धनुषा जिल्ला सहजकर्ता शिवजी परियार लगायतको टोलीले मिथिला नगरपालिका–९ का वडा अध्यक्ष दिपकजंग थापालाई ज्ञापन–पत्र बुझाउनु भयो ।
सन्तोष कुमार यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूह र बाल अधिकार चेतना समूहद्वारा सचेतना कार्यक्रम
अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकद्वारा गठित मानव अधिकार समूह रतुवामाई र बाल अधिकार चेतना समूहको संयुक्त आयोजनामा मङ्सिर १६ गते रतुवामाई नगरपालिका-८ स्थित सरस्वती माध्यमिक विद्यालय इटहरामा सचेतना कार्यक्रम सम्पन्न…
जुम्लामा मानव अधिकार प्रवर्धन र संरक्षण गर्न युवा रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) र ग्रामिणमुखि युवा अभियान नेपाल (रोयम नेपाल) समन्वयमा जुम्लामा युवा मानव अधिकार रक्षक सञ्जाल गठन गर्नुका साथै अभिमुखीकरण कार्यक्रम सञ्जालन गरिएको छ । औपचारिक कार्यक्रमका…
मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेक वर्ष प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व वार्षिक समीक्षा मङ्सिर १४ गते विराटनगरमा सम्पन्न भएको छ । नेपाल मानव…
पीडित महिलाहरुको न्यायिक प्रक्रियामा इन्सेकद्वारा सहयोग प्रदान
कथित बोक्सी घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १४ गते आर्थिक सहयोग प्रदान गरेको छ । टिकापुर नगरपालिकाकी ४३ वर्षीया महिलालाई न्यायिक प्रक्रियामा जान सहज होस्…
बोक्सी प्रथा विरुद्ध जनचेतना जगाउदै बाल अधिकार चेतना समूह
लालझाँडी गाउँपालिका वाडा नम्बर १ नौरङ्गास्थित श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालयमा इन्सेकद्धारा गठित बाल अधिकार चेतना समूहले मङ्सिर १३ गते बोक्सी प्रथा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ ।…