मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र

  ०८१ फागुन १ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ ।

Photo13022025Kapilbastu

मानव अधिकार समूले माघ २९ गते कपिलवस्तु नगरपालिका-१ स्थित हाट बजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा हाट बजारमा फोहोरहरू जताततै थुपारेको र समयमा फोहोर नउठाएर वातावरण प्रदूषित भएको जनगुनासो आएको थियो ।

रोडहरूमा पसलहरू राखेकोले आवत जावत पनि निकै कठिनाइ भएको देखिएको र माछा पसलहरू, जेरी, फुल्की, चाटगस्ता खाद्य वस्तुहरू खुल्ला रुपमा राखेको साथै पाकिङ्गको व्यवस्था पनि नरहेको अनुगमनका क्रममा देखिएकोले कपिलवस्तु नगरपालिका-१ का वडा अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको मानव अधिकार समूहकी अध्यक्ष पुष्पा रेग्मीले बताउनु भयो ।
कपिलवस्तु नगरपालिका-१ का वडा अध्यक्ष खानले आफूबाट हुने सम्पूर्ण कार्य जिम्मेवारी पूरा हुने र यसको व्यवस्थापन छिटो र छरितो हुने प्रतिबद्धता जनाउनु भयो ।

इन्सेकका साधारण सदस्य रुक्कैया खातुन र मानव अधिकार समूहकी अध्यक्ष श्री पुष्पा रेग्मी, सचिव लक्ष्मी कुमाल, सल्लाहकार पशुपतिमणि त्रिपाठी र इन्सेक सहजकर्ता जुनेद अहमदको टोलीले हाटबजार क्षेत्र अनुगमन गरी वडा अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालय, बाँके