मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ ।
बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा पन्तको नेतृत्वमा इन्सेक प्रतिनिधि पार्वती आचार्यलगायतले सहयोग हस्तान्तरण गरेका हुन् ।
समूहका पदाधिकारीहरू र हरि ज्ञवाली , राजी गौतम र सारदा पाठकबाट सङ्कलन गरिएको ५ हजार रूपियाँबाट गते खाद्यान्न खरिद गरी हस्तान्तरण गरिएको हो । खाद्यान्नमा ५० किलो गहुँको पिठो, २० किलो आलु र सात लिटर खानेतेल खरिद गरी उक्त परिवारलाई हस्तान्तरण गरिएको समूहका सचिव मधु पाण्डेले बताउनु भयो ।
बोल्न, उठ्न र सुन्न नसक्ने ज्येष्ठ नागरिक बिगत नौ महिना देखि बिच्छौना बिनाको खटियामा सुत्दै आउनु भएको थियो । उहाँको असार २३ गते खटियामै मृत्यु भएको थियो ।
अति विपन्न परिवारलाई खान समस्या परेको मृतकका छोरा जितबहादुर थारूले गुनासो गरे पछि सहयोग गरिएको सचिव मधु पाण्डेले बताउनु भयो ।
यस अघि पनि असार १५ गते इन्सेक र मानव अधिकार समूहले खाद्यान्न र लत्ताकपडा लगायतका सामाग्रीहरू उक्त परिवरलाई सहयोग गरेको अध्यक्ष इन्दिरा पन्तले बताउनु भयो ।
आमा जिवीत हुँदा र मृत्यु पश्चातसमेत सहयोग गरेको भन्दै मृतकका छोरा जितबहादुर थारूले इन्सेक र मानव अधिकार समूहलाई धन्यवाद दिनु भयो ।
आर्थिक अवस्था कामजोर रहेका उहाँका एक वर्षदेखि १३ वर्षसम्मका चार जना बालबालिका शिक्षाबाट बञ्चित रहेका छन् ।
पार्वती आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार २८ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि लक्ष्मी थारूले जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र…