मानव अधिकार समूहद्वारा नगरपालिकालाई १५ बुँदे ध्यानाकर्षण
मानव अधिकार समूह बनगाड कुपिन्डे नगरपालिका सल्यानले नगरपालिकालाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
इन्सेकको इएलपी परियोजना अन्तर्गत गठित उक्त समूहले पुस २९ गते बनगाड कुपिण्डे नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर रावतमार्फत नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाइएको इन्सेक सहजकर्ता रामचन्त्रद्र रेग्मीले जानकारी दिनुभयो ।
ध्यानाकर्षण पत्रमा नगरपालिकामा हालसम्म स्वास्थ्य नीति नभएकाले स्वास्थ्य नीति निर्माण गरी कार्यान्वयनमा ल्याउनु पर्ने, नगरको शिक्षा नीतिको व्यवहारिक कार्यान्वयन नभएको भन्ने गुनासो आएकाले सो को कार्यान्वयन गरिनु पर्ने माग राखिएको छ ।
यसैगरी पत्रमा नेपाल सरकारले निःशुल्क शिक्षा घोषणा गरेको भएपनि विद्यालय शिक्षाका लागि सामुदायिक विद्यालयले विद्यार्थीको नाममा कुनै किसिमको शुल्क लिन पाइने छैन भन्ने व्यवस्था भएपनि विद्यालयहरूमा मनपरी रूपमा शुल्क लिइरहेको अवस्था देखिएकोले सो कार्य तत्काल रोक्नु पर्ने, छिटै रिक्त स्थानमा शिक्षक पदपूर्ति गर्नु पर्ने, दलित छात्रवृत्ति नामावली विद्यालयको सूचना पार्टीमा अनिवार्य टाँस्ने व्यवस्था भएपनि सो कार्यान्वयन नभएकाले तत्काल कार्यान्वयन हुनु पर्ने रहेका छन् ।
यस्तै वर्षको १ पटक विद्यालयमा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट बालबालिकाको स्वास्थ्य परीक्षण गरिनु पर्ने, सुचिकृत विषादी बाहेक अन्य विषादीको प्रयोग गर्न नपाइने व्यवस्था कार्यान्वयन गरिनुपर्ने, शिक्षक दरबन्दी कमी भएकाले स्वयम शिक्षकको व्यवस्था गर्नु पर्ने र शिक्षक पदपुतिं नहुँदा विद्यार्थीको पढाई अन्यौल भएको यसतर्फ समाधान खोज्नुपर्ने मागहरू समेटिएको छ ।
गसैगरी विद्यालयहरूमा सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण गर्दा प्रक्रिया पुरा गर्नुपर्ने, विद्यालयमा केही शिक्षकहरूले धुम्रपान तथा मद्यपान गरेर आउने गरेको गुनासो आएकाले सो को प्रभावकारी अनुगमन गरिनु पर्ने र सबै विद्यार्थीमा खोपको व्यवस्थापन गर्नुका साथै, कोभिड जनचेतनामूलक कार्यक्रम प्रभाकारी बनाउनु पर्ने लगायतका विषयहरूमा नगरपालिकाको ध्यानाकर्षण गराइएको सहजकर्ता रेग्मीले बताउनुभयो ।
मिना बुढाथोकी
सम्बन्धित इन्सेक गतिविधिहरू
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न…
शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न…
पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित…