मानव अधिकार समूहद्वारा ध्यानाकर्षण-पत्र हस्तान्तरण
कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहले मानव अधिकारका क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न पाँच बुँदे मागसहित गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीलाई भेटी जेठ २४ गते ध्यानाकर्षण–पत्र बुझाएको छ ।
गाउँपालिका क्षेत्रमा देखिएका मानव अधिकारका सवालहरु (वातावरणीय अधिकार, शिक्षा, स्वास्थ्य, विभेद र सामाजिक कुसस्कार) सम्वोधन गर्नका लागि गाउँपालिकाको नीति तथा कार्यक्रममा समेत व्यवस्था गरी सोही अनुसारका कार्यक्रम सञ्चालनको मागराखि ध्यानाकर्षण–पत्र बुझाइएको हो ।
गाँउपालिकाका अध्यक्ष राजसमझ चौधरीले ध्यानाकर्षण–पत्र बुझ्दै मानव अधिकार समूहले पेश गर्नु भएको मागप्रति आफू गम्भिर रहेकाले समाधानाका लागि सम्बन्धीत वडाध्यक्षहरुसँग छलफल गर्ने प्रतिवद्धा जाहेर गर्नु भयो ।
इन्सेकका कार्यक्रम फोकल पर्सन राजकुमार चौधरीले कैलाली जिल्लाको विभिन्न स्थानीय तहहरुले वातावरणमैत्री स्थानीय तह निर्माण गर्न नीति तयार गरी कार्यान्वयनमा ल्याई सकिएको भन्दै कैलारी गाँउपालिकास्तरीय मानव अधिकार रक्षक सञ्जालले पनि वातावरण नीति तयार गर्न ध्यानार्षण–पत्र बुझाइएको बताउनु भयो ।
डिसिए परियोजनाका परियोजना संयोजक किरण पौडेलले नागरिकहरुको आधारभूत आवश्यकता परिपुर्ति गर्ने राज्यको जिम्मेवारी रहेकाले स्थानीय तहले मानव अधिकारमैत्री कानुन निर्माण गरी कार्यान्वयन गर्नु पर्ने र मानव अधिकार समूहले निर्माण गरिका कानुन कार्यान्वयनको अनुगमन गर्नु पर्ने बताउनु भयो ।
मानव अधिकार समूहका अध्यक्ष मानबहादुर चौधरीले गाँउपालिकालाई मानव अधिकारप्रति जिम्मेवार बनाउन मानव अधिकार समूहले समय–समयमा ध्यानाकर्षण गर्दै आइरहेको बताउनु भयो ।
मानव अधिकार समूहका सचिव ज्ञानु चौधरीले गाउँपालिकाले योजना छनौट गर्दा सबै वर्ग, क्षेत्रलाई सहभागी नगराउँदा नागरिकले नीति तथा कार्यकम बारे जानकारी पाउने र केही विद्यालयहरुमा समस्या रहेकाले उक्त समाधानका लागि मानव अधिकार समूहले अनुगमन गर्न आवश्यक रहेको बताउनु भयो ।
मैनामोती चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसिएको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक असोज १६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश संयोजक भोला महतले …
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…