मानव अधिकार समूहद्वारा गाउँपालिका प्रमुखलाई ज्ञापन पत्र
इन्सेकद्वारा गठित मानव अधिकार समूहले विभिन्न माग राख्दै राक्सिराङ्ग गाउँपालिका प्रमुखलाई जेठ १८ गते ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा विद्यालय र आर्यवेदिक अस्पतालको फोहोरको व्यवस्थापन व्यवस्थापन हुनु पर्ने, स्वास्थ्यकर्मीको पदपूर्ति गर्नु पर्ने, स्वास्थ्य केन्द्रहररूमा औषधि समयमा उपलव्ध नहुने समस्या हटाउनु पर्ने, शिक्षक अभाव पदपूर्ति गर्नु पर्ने, प्रत्येक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको विषयमा केन्द्रित भइ समाधान गर्नु पर्ने,बनडडेलोको कारण खानेपानीको अभाव भएकाले त्यसको मर्मत गर्नु पर्ने, वडा नम्बर ३ मा खानेपानीको समस्या भएकाले समाधान गर्नु पर्ने यसैगरी सोही वडामा क्रसर उद्योगका कारण धूलो धुवाले वातावरणीय असर पारेकोले न्यूनिकरण गर्नु पर्ने र बालविकास केन्द्रलाई भवन उपलब्ध गराउनु पर्ने मागहरू उल्लेख गरिएका छन् ।
राक्सिराङ गाउँपालिका भित्र गठन भएको मानव अधिकार समुहले आफ्ना मानव अधिकार शिक्षालाई हरेक तह र तहका जनसमुदाय समक्ष पुर्याउन स्थानयी सरकारले हरेक वर्ष बजेट निर्माण गर्दा मानव अधिकार समूह राक्सिराङ्ग गाउँपालिकालाई केही रकम विनियोजन गरीदिनुहुन समेत विन्रम अनुरोध गरेको समूहका संयोजक चन्द्रमान प्रजाले बताउनु भयो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना…
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…