मानव अधिकार समूहद्वारा गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र
शिक्षा, स्वाथ्य, वातावरण र लैङ्गिक समस्याहरू समाधान गर्नु पर्ने मागराखि बटेश्वर गाउँपालिका स्तरीय मानव अधिकार समूहले ०८० चैत ७ गते बटेश्वार गाउँपालिका का अध्यक्ष रामअशिष महत्तोलाई ध्यानाकर्षण–पत्र बुझाएको छ ।
स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गराउने उद्देश्यले बटेश्वर गाउँपालिका अध्यक्ष महत्तोलाई ध्यानाकर्षण–पत्र बुझाएको हो ।
ध्यानाकर्षण–पत्रमा शिक्षा तर्फ जनप्रिय माध्यमिक विद्यालय भुचत्रपुर बटेश्वार गाउँपालिका–२ मा व्यवस्थापन समिति गठन गराउनु पर्ने, समुदायिक विद्यालय र निजि विद्यालयको शिक्षाण माध्यममा एकरूपता ल्याउनु पर्ने, सबै समुदायिक विद्यालयहरूमा गर्मीको मौसममा अध्यन–अध्यापन गर्न गराउन सहज वातावरण मिलाउनु पर्ने, श्री देवकी नमुना आधारभुत विद्यालय बटेश्वार–३ मा खानेपानीको समस्या समाधान गरिदिनु पर्ने उल्लेख छ ।
त्यस्तै, स्वास्थ्य तर्फ प्रत्येक जेष्ठ नागरिकको उपचारको व्यवस्था घरघरमा हुनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ भने वातावरण तर्फ प्लास्टिकको प्रयोगमा कमि ल्याउने कार्यक्रम सञ्चालन गर्नु पर्ने, नदि दोहनमा न्यूनीकरणको लागि निगरानी बढाउनु पर्ने माग सो पत्रमा उल्लेख छ । साथै, हिंसा र विभेद तर्फ जातीय छुवाछुत तथा महिला हिंसा विरुद्धका अभियान र कार्यक्रम सञ्चालन गर्नुपर्ने र यस बटेश्वार गाउँपालिकामा आत्माहत्या अति नै बढेकोले यसको रोकथामको लागि कार्यक्रम सञ्चालन हुनुपर्ने माग समेत ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
उक्त ध्यानाकर्षण् पत्र बुझाउने क्रममा बटेश्वार गाउँपालिका का अध्यक्ष रामअशिष महतोले मानव अधिकार समूहले ध्यानकर्षण पत्र मार्फत गाउँपालिको समस्या बारे आफूलाई झक्झक्याउदा समूहलाई धन्यवाद दिनुको साथै यो कार्य धेरै नै सराहनीय रहेको उहाँले बताउनु भयो । ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका बुँदालाई जति सक्दो चाडो समाधान गर्न तत्पर रहेको बताउनु भयो ।
मधेस प्रदेश मानव अधिकार समूहका उपाध्यक्ष हरिनारायण दास, मानव अधिकार समूहका सदस्यहरू राम हृदय माहासेठ, किशोरी पण्डित, सोमनि देवि दास, अनिता कुमारी दास, सरिता कुमारी महतो, इन्सेक मधेस प्रदेशका धनुषा जिल्ला सहजकर्ता शिवजी परियार लगायतको टोलीले बटेश्वार गाउँपालिकका अध्यक्ष रामअशिष महतोलाई ध्यानाकर्षण–पत्र बुझाउनु भएको छ ।
सन्तोषकुमार यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका…
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन
घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक…