मानव अधिकार समूहद्वारा गाउँपालिकाको ध्यानाकर्षण
माछापुच्छ्रे मानव अधिकार समूहले वैशाख १४ गते गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।
समूहका अध्यक्ष डील्लीराम भण्डारी र इन्सेक जिल्ला सहजकर्ता सुष्मा आचार्य अधिकारीले गाउँपालिका उपाध्यक्ष सीता अधिकारीलाई भेटी ६ बुँदे ध्यानाकर्षणपत्र बुझाउनु भएको हो । ध्यानाकर्षणपत्र बुझ्दै उपाध्यक्ष अधिकारीले समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।
समूहले गाउँपालिकाभित्र रहेका विद्यालय तथा स्वास्थ्यसंस्था अनुगमन गरी ०७९ फागुन १४ गते १६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको थियो । ध्यानाकर्षणप्रतिको धारणा र कार्यपालिका बैठकमा यस बिषयमा छलफल भए नभएको बारे जानकारी गराउन पनि समूहले माग गरेको छ ।
०७९ चैत २६ गते माछापुच्छे«– ५ रिभानको निष्पक्ष मावि र भेडावारी स्वास्थ्यचौकीमा अनुगमन गर्दा विद्यालय पहिरोको जोखिममा रहेको, अधिकांश विद्यालयहरूमा तहगत दरबन्दी पूरा नभएको भन्दै पहलका लागि आग्रह गरेको छ ।
त्यस्तै भेडावारी स्वास्थ्य चौकीमा सुत्केरी वार्डमा इर्मजेन्सी लाइट तथा हिटरको समस्या रहेको, एक्सरे मेसिनसहित एक रेडियोग्राफरको व्यवस्था गर्न र सोलारको मर्मत गर्नपनि समूहले आग्रह गरेको छ ।
नारायण केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा डब्लुपीडी नेपालले मनहरीमा सञ्चालित अधिकार तथा आर्थिक विकासमामार्फत महिला सशक्तीकरण कार्यक्रम (रिन्यु परियोजना) को वार्षिक समीक्षा कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…