मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिका वडा नं. १० को मानव अधिकार समूहले ०८१ वैशाख १४ गते कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न गरेको छ ।
वडा नं. १० स्थित राम टोलमा भएको वैठकले वडा र विद्यालयहरूको सरसफाई कार्यक्रम, बृक्षारोपण, लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन सम्बन्धमा सर्वसम्मतिले कार्ययोजना बनाएको वडा मानव अधिकार समूहका अध्यक्ष बौएलाल रजकले जानकारी दिनुभयो ।
अध्यक्ष रजकका अनुसार स्वर्गीय मुनरो मोची रामकी सुस्त मनस्थितिकी छोरी ४५ वर्षीया धनेश्वरी कुमारी राम र स्वर्गीय सुलेमान अन्सारीको बोल्न नसक्ने अपाङ्ता भएका छोरा १८ वर्षीय जावेद अन्सारीको नागरिकता नबनेको समस्या पनि पहिचान गरी समाधानका लागि स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरिएको छ । राम र अन्सारीको नागरिकता समस्याका विषयमा वडा स्तरीय मानव अधिकार समूहलाई निवेदन आएको थियो ।
वैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष रजकले आफ्नो अधिकारको बारेमा तथा समस्या सम्बोधन हुने निकाय र प्रकृयाका बारेमा जानकारी राख्न जरुरी रहेको बताउनु भयो । इन्सेकद्वारा गठित मानव अधिकार समूह सदैव राज्यबाट प्राप्त हक अधिकारबारे चेतना जागृत गराउँदै पीडितहरूलाई न्यायको पहुँचसम्म पु¥याउन पहल गरिरहने रजकले बताउनु भयो ।
समाज शिक्षाबाट वञ्चित रहेकोले नै विभिन्न प्रकारको हिंसा सहन बाध्य हुनुपरेको भन्नुहुँदै नगर मानव अधिकार समूहका कोषाध्यक्ष मुसा अन्सारीले सकारात्मक परिवर्तनका लागि आ–आफ्नो छोरा छोरीलाई शिक्षा अनिवार्य दिनुपर्ने बताउनु भयो । शिक्षामा समान अवसर दिएको र विद्यालय भर्ना अभियान सञ्चालन भइरहेका बेला छोरी र छोरालाई विद्यालय भर्ना गरी उज्जवल भविष्य बनाउन उहाँले अपील समेत गर्नुभयो ।
रजकको अध्यक्षता भएको बैठकमा इन्सेक सहजकर्ता अजय परीयारले इन्सेकको परियोजनाले गर्ने काम र उद्देश्यका बारेमा प्रकाश पार्नु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका…
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन
घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक…