मानव अधिकार समूहको स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मानव अधिकार समूहको स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक ०८० असोज १६ गते सम्पन्न भएको छ ।
उक्त बैठकबाट राक्सिराङ गाउँपालिकामा रहेका समस्याहरूको बारेमा पहिचान गरिएको छ । जस अन्तर्गत शिक्षा क्षेत्रमा देखिएका समस्यामा विद्यालय परिसरभित्र सरसफाइको अभाव भएको, साथै बालमैत्री प्रविधिको अभाव रहेको, बालबालिका मैत्री र किशोरीमैत्री संरचना नभएको, विद्यार्थीहरू दुर्व्यसनमा फसेको तथा विद्यालयमा सञ्चालित खाजा कार्यक्रमको गुणस्तर केकस्तो छ भन्ने विषयमा अनुगमन नभएको लगायतका समस्या बैठकबाट पहिचान गरिएको छ ।
राक्सिराङ गाउँपालिकामा यसैगरी समाजमा भएका बालिका तथा महिलाहरू बढी हिंसामा पर्ने गरेको, हिंसामा परेका बालिका र महिलालाई न्याय पाउन गाह्रो हुने गरेको, हिंसा न्यूनीकरणका लागि पर्याप्त सचेतना नभएको जस्ता समस्या पहिचान गरिएको मानव अधिकार समूहको संयोजक चन्द्रमान प्रजाले जानकारी दिनुभयो । उहाँले स्थानीय तहमा सबै महिलाहरूलाई सीपमुलक तालिम अभाव भएको बताउनु भयो ।
विद्यालयमा छात्राहरूलाई गुणस्तरीय सेनेटरी प्याड उपलब्ध गराउन नसकेको जिल्ला सहजकर्ता सलिना गौतमले बताउनु भयो । उहाँले उक्त बैठकमा स्थानीय क्षेत्रमा बिजुलीको नाङ्गो तार जथाभावी पाइएको र त्यसलाई स्थानीय सरकारले कुनै पनि व्यवस्थापन गर्न नसकेको उल्लेख गर्नुभयो ।
यस्तै स्थानीय तहमा फोहोर मैला मिश्रित गरी फाल्नाले व्यवस्थापनमा समस्या रहेको मानव अधिकार समूहको सचिव सुजता दमाईले बताउनु भयो । उक्त बैठकमा राक्सिराङ गाउँपालिकाको मानव अधिकार समूहको सहभागिता रहेको थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ । उक्त बैठकमा विगतमा भएको निर्णयको…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…