मानव अधिकार समूहको समस्या पहिचान बैठक सम्पन्न

  ०८१ कात्तिक ३० गते

मानव अधिकार समूहले स्थानीय तहको शिक्षा, स्वास्थ्य, वातावरण अधिकार र लैङ्गिक विभेद विरुद्ध समस्या पहिचान बैठक ०८१ कात्तिक २९ गते खजुरा गाउँपालिकामा सम्पन्न गरेको छ ।

Photo1011202402banke

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूह खजुरा गाउँपालिको समन्वयमा शिक्षा, स्वास्थ्य, वातावरण अधिकार र लैङ्गिक विभेद विरुद्धमा स्थानीय तहमा रहेका समस्याहरूको पहिचान, प्राथमिकीकरण गरी कार्ययोना बनाई स्थानीय तहमा बुझाउने योजना रहेको उक्त समूहका उपाध्यक्ष दिपा सुनारले बताउनु भयो ।

खजुरा गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक कृष्णा पोखरेल विकले पहिचान गरिएका समस्याहरूको समाधानका लागि मानव अधिकार समूहले जनप्रतिनिधि, विषयगत शाखासँग भेटघाट समन्वय गर्न आग्रह गर्दै आफूले पनि सामाजिक विकास समिति छलफल गरी कार्यपालिका बैठक पेश गर्ने प्रतिबद्धता गर्नुभयो ।

खजुरा गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शुसिला न्यौपानेले धेरै गहन विषयमा छलफल भएको भन्दै अधिकारसँगै नागरिकको कर्तब्यमा सचेतना दिन जरुरी रहेको सुझाव सहित आफ्नो शाखा अन्तर्गत हुन सक्ने समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त बैठकमा समूहले शिक्षा क्षेत्रमा विद्यालयमा सेनेटरी प्याड डिस्पोज गर्न तथा व्यवस्थापन नहुनु, खानेपानीको व्यवस्थापन नहुनु, विद्यालयमा विषयगत शिक्षक नहुुनु, ५, ६,७ र ८ वडामा मधेशी, मुस्लिम समुदायको बाहुल्यता रहेको त्यहाँका बालिकाहरू विद्यालयमा आउन समस्या रहेको, लागु औषत दुर्व्यसन व्याप्त रहेको , बालविवाह बढेको, मधेशी, मुस्लिम समुदायका बालबालिकामा ड्रपआउट जस्ता समस्या पहिचान गरेको छ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सस्थामा प्रयाप्त औषधि नपाउनु, स्वास्थ्य सेवामा राज्यबाट पाउनुे सुविधाबारे समुदायमा जानकारी नहुनु, किशोरीहरू आइरन चक्की निरन्तर नखानु, लुम्बिनी प्रदेशको बाँके जिल्लाको खजुरा गाउँपालिकामा मातृ मृत्यूदर बढेको, कुपोषणको समस्या जस्ता छलफलबाट पहिचान गरेको छ । त्यसै गरी वडा नं. ८ मा रहेको सौर्य उर्जा गाउँ बस्तीमा रहेको, फोहोर व्यवस्थापन हुन नसकेको, प्लाष्टिक सामाग्री अत्यधीक प्रयोग, उद्योग कम्पनीको अनुगमन नभएको, जलवायुप्रदुषण अनुकुल सचेतना कार्यक्रम नभएको समस्या पहिचान गरेको छ । साथै वैदेशिक रोजगारका कारण लैङ्गिक हिंसा बढेको, ज्येष्ठ नागरिकहरू जोखिममा परेको, बालविवाह र घरेलु हिंसाका घटना बढेको जस्ता समस्या पहिचान गरेको समूहको सचीव प्रतिक्षा निरौलाले बताउनु भयो ।

बैठकमा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत सरस्वती मल्लले मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, वातावरण अधिकार र लैङ्गिक विभेदका सवालमा पहिचान गरेका समस्या स्थानीय तहका जनप्रतिनिधिहरूसँगको समन्वयमा समाधानका लागि समूहले पहल गर्न आग्रह गर्नुभयो ।

Photo1011202401banke

ध्रुबराज शर्मा