मानव अधिकार समूहको समस्या पहिचान बैठक सम्पन्न

  ०८१ असोज १४ गते

मानव अधिकार समूहले स्थानीय तहको शिक्षा, स्वास्थ्य, वातावरण अधिकार र लैङ्गिक विभेद विरुद्ध समस्या पहिचान बैठक ०८१ असोज १४ गते नेपागलञ्जमा सम्पन्न गरेको छ ।

Photo30092024Banke.

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको समन्वयमा शिक्षा, स्वास्थ्य, वातावरण अधिकार र लैङ्गिक विभेद विरुद्धमा स्थानीय तहमा रहेका समस्याहरूको पहिचान गरी स्थानीय तहमा बुझाउने योजना रहेको उक्त समूहका अध्यक्ष मोहमद जाहिर शेखले बताउनु भयो ।

जानकी गाउँपालिकाको सामाजिक विकास शाखा तथा न्यायिक शाखाका प्रमुख जीतबहादुर श्रेष्ठले मानव अधिकार समूहले स्थानीय तहमा भएका नागरिक अधिकारका सवालमा निगरानी गर्न सकिने बताउँदै शिक्षा, स्वास्थ्य, वातावरण अधिकार र लैङ्गिक विभेद विरुद्धमा विशेष जोड दिनुपर्ने बताउनु भयो ।

उक्त बैठकमा समूहले शिक्षा क्षेत्रमा विद्यालयमा दिवाखाजाको रुपमा जङ्गफुड प्रयोग गरेको, प्राथमिक तथा आधारभुत विद्यालयमा शौचालय, खानेपानीको व्यवस्थापन नहुनु साथै जीर्ण भवन भएको विद्यालयमा विषयगत शिक्षक नहुुनु, प्राथमिक उपचारका लागि किटवक्स नहुनु जस्ता समस्या पहिचान गरेको छ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सस्थामा प्रयाप्त औषधि नपाउनु, स्वास्थ्य सेवामा राज्यबाट पाउनुे सुविधाबारे समुदायमा जानकारी नहुुुनु, उद्योग कलकारखाना जथाभावी सञ्चालन हुने साथै वातावरणको क्षेत्रमा जलवायु परिवर्तन र वातावरण अधिकारबारे सचेतना नहुनु, जानकी गाउँपालिका-६, पीप्रहवा चोक नगरमा जथाभावी फोहोर फाल्नु, जस्ता समस्या पहिचान गरेको छ । जानकी गाउँपालिकामा बालविवाह र घरेलु हिंसाका बढेको र स्थानीय तहको लैङ्गिक कोष स्थापना भए तापनि प्रभावकारी कार्यान्वयन नरहेको छलफलबाट पहिचान गरेको छ ।

बैठकमा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत सरस्वती मल्लले मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, वातावरण अधिकार र लैङ्गिक विभेदका सवालमा पहिचान गरेका समस्या स्थानीय तहका जनप्रतिनीधिहरूसँगको समन्वयमा समाधानका लागि समूहले पहल गर्न आग्रह गर्नुभयो ।

ध्रुबराज शर्मा