मानव अधिकार समूहको बैठक सम्पन्न

  ०८० जेठ ३ गते

माछापुच्छ्रे गाउँपालिकामा मानव अधिकार समूहको नियमित बैठक जेठ २ गते सम्पन्न भएको छ ।

बैठकले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि मानव अधिकार समूहले गर्नुपर्ने कार्य तथा योजनाहरू गाउँपालिकामा पेश गर्ने र नयाँ बजेटको माग गर्ने निर्णय गरेको छ ।

बैठकमा समूहका अध्यक्ष डिल्लीराम भण्डारी, उपाध्यक्ष सुनिता परियार, कोषाध्यक्ष प्रेमकुमारी अधिकारी तथा सदस्यहरू सुजाता सुनार, देवी अधिकारी, कुलप्रसाद अधिकारी, केशकुमारी गुरुङ, शोभामोहन लम्साल र दिलु पुनको सहभागिता रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला सहजकर्ता शुष्मा आचार्य अधिकारीले जानकारी दिनु भयाे ।

346123072_771362094722504_1744456237738620636_n346130687_786708146494285_688836252846844625_n

नारायण केसी