मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ ।
कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक राखी प्रत्यक्ष वडाको मातहतमा वडा स्तरीय मानव अधिकार समूह गठन गर्न लागेकोमा खुशी व्यक्त गर्दै मानव अधिकार उल्लङ्घनका घटना न्युनिकरण गर्नकालागी आफु सधैं समूहसङ्ग हातेमालो गर्ने तथा आवश्यक सहयोग गर्न सधैं तयार रहेको भनाई व्यक्त गर्नुभयो ।
कार्यक्रमका अतिथी इन्द्र गुरुङले मानव अधिकारसम्वन्धि कार्य गर्नका लागी वडा तथा गाउँपालिकाले सम्वोधन गर्न सक्ने सबैखालका कार्यक्रममा आफु सदैव सकारात्मक रहेको कुरा व्यक्त गर्दै अब बन्ने समूहलाई आवश्यक सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष डिल्लीराम भण्डारीले इन्सेकको मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणको अधिकार तथा जातीयविभेद का क्षेत्रमा राखेका लक्ष्य तथा उदेश्य प्राप्तीका लागी वडा देखिनै सचेत रहनु पर्ने बताउँदै वडा स्तरीय समूह गठन गर्न लागेको कुरा जानकारी गराउनुभयो ।
कार्यक्रममा छलफल गरि पछि सदस्य थप गर्ने गरि ५ सदस्यको वडास्तरीय मानवअधिकार समूह गठन गरिएको छ । समूहमा अध्यक्ष डिलु पुन, उपाध्यक्षमा लक्ष्मी सुनार, सचिवमा भोज वहादुर गुरुङ कोषध्यक्षमा बुद्दिमाया चोचाङ्गी र सदस्यमा खिम प्रसाद गुरुङ रहनुभएको छ । उक्त कार्यक्रमको सहजीकरण कास्की जिल्ला सहजकर्ता शुष्मा आचार्य अधिकारीले गर्नुभंएको थियो भने सञ्चालन समूहका सचिव खडान्नद गौतमले गर्नुभएको थियो ।
नारायण क्षेत्री
सम्बन्धित इन्सेक गतिविधिहरू
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले मानव अधिकार शिक्षा कार्यक्रमअन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले सोहि नगरपालिकाको नक्टाझिज–६ (पोखरी महार)…