मानव अधिकार समूहको परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले मनहरी गाउँपालिका-७ मा गठित मानव अधिकार समूहको आयोजनामा स्थानीय तहमा मानव अधिकार समूहको परिचालन बैठक ०८० माघ ११ गते सम्पन्न भएको छ ।
उक्त बैठक मानव अधिकार समूहले जातीय विभेद महिला विरुद्ध हुने हिंसा वातावरणीय हकजस्ता विषयमा इन्सेक, स्थानीय सरकार, मानव अधिकार समूहको सहकार्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा मनहरी गाउँपालिका-८ का वडा अध्यक्ष नारायणल उप्रेतीले समाजमा पहिलेको भन्दा अहिले मानव अधिकार उल्लङ्घनका घटनाहरू निकै न्यून रहेको बताउनु भयो । सबै नागरिक समाजले हरेक कार्यक्रहरू मार्फत सबै नागरिकहरूलाई जागरुक बनाइरेको उहाँले उल्लेख गर्नुभयो ।
त्यसैगरी मानव अधिकार समूहको संयोजक विमला गोपालीले स्थानीय तहमा भएका समस्याहरू समाधान गर्नको लागि आफूहरूले पटक पटक स्थानीय तहमा र हरेक वडा कार्यालयहरूमा ज्ञापनपत्र बुझाउने गरेको बताउनु भयो ।
मनहरी अस्पतालका मेडिकल अधिकृत विजय शाहले मनहरी अस्पताल वरिपरी भएको सबै फोहोरहरूको व्यवस्थापन गर्न आफूहरूले सुरु गरेको बताउनु भयो । सबै सेवाग्राहीले समस्या भएको बताएपछि उक्त आफूहरू उक्त फोहोर व्यवस्थापनमा लागेको उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा प्रहरी, इन्सेक जिल्ला सहजकर्ता सलिना गौतम, मानव अधिकार समूहका सदस्यहरू, मानव अधिकार समूहको संयोजक विमला गोपाली, मनहरी गाउँपालिका-८ का वडा अध्यक्ष नारायणल उप्रेती लगाएतको उपस्थिति रहेको थियो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय अन्तरगतको मानव अधिकार सहायता कक्षले बलात्कार घटनाकी पीडित १८ वर्षीया युवतीलाई ०८१ असोज १८ गते आर्थिक सहयोग १० हजार रुपियाँ प्रदान गरेको…
मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुन प्रदेश सभामा प्रस्तुत गर्न प्रतिबद्ध छुःमन्त्री सार्की
मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुन प्रदेश सभामा प्रस्तुत गर्ने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले प्रतिबद्धता जाहेर गर्नुभएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ असोज १८…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित खजुरा गाउँपालिका स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज १६ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका अध्यक्ष कौशकी यादवले मानव…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकको सहयोग
१६ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ असोज १३ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…
बलात्कार घटनाकी पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
बलात्कार घटनाका पीडित १६ वर्षीया बालिकालाइ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ असोज १४ गते आर्थिक सहयोग प्रदान गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशका प्रमुख बुद्धनारायण सहनी…