मानव अधिकार समूहको कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहले ०८१ साउन २१ गते कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न गरेको छ ।
विद्यालयहरूको अनुगमन, सरसफाइ कार्यक्रम, वृक्षारोपण, लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन सम्बन्धमा सर्वसम्मतिले कार्ययोजना निर्माण भएको छ । सबै वडामा मानव अधिकार समूह गठन गर्ने र वडामा देखिएका समस्याहरूलाई समाधान गर्न नगर र सम्बन्धित निकायलाई स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने भनी निर्णय भएको अध्यक्ष मण्डलले बताउनु भयो ।
समूहका अध्यक्ष रामचन्द्र मण्डलले सबै खाले अधिकारबाट वञ्चित नागरिकको समस्या पहिचान गरी न्यायका लागि पहल गर्ने कर्तव्य अनुरुप वडामा देखिएका समस्याहरूको समाधानका लागि स्थानीय तह र प्रदेश सरकारसम्म लैजानु पर्ने समूहको जिम्मेवारी बोध गराउनु भयो ।
समाज परिवर्तन समाजकै मानिसबाट हुने भन्नुहुँदै उपाध्यक्ष अनु देबी चौधरीले न्यायको पहुँचबाट टाढा रहेका हरेक नागरिकलाई न्याय पाउने वातावरण बनाउन अधिकारकर्मीको जिम्मेवारी रहेको बताउनु भयो ।
बैठकको समन्वय गर्दै इन्सेक सहजकर्ता अजय परीयारले इन्सेकको परियोजनाले गर्ने काम र उद्देश्यबारे प्रकाश पार्नु भयो । मानव अधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डलको अध्यक्षतामा सम्पन्न वैठकमा उपाध्यक्ष चौधरी र सम्पूर्ण सदस्यहरू तथा इन्सेक जिल्ला सहजकर्ता परीयारको सहभागिता रहेको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ । उक्त बैठकमा विगतमा भएको निर्णयको…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…