मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न

  ०८१ असोज १६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित खजुरा गाउँपालिका स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज १६ गते सम्पन्न भएको छ ।

मानव अधिकार समूहका अध्यक्ष कौशकी यादवले मानव अधिकारको सवालमा सचेतना तथा सरोकारवाला निकायलाई जवाफदेही बनाउन पहल गरिरहेको बताउनु भयो । उहाँले आगामी दिनमा थप कार्य गर्न योजना तय गरेको बताउनु भयो ।

समूहले आगामी पुस महिनासम्ममा मानव अधिकार समूहलाई गाउँपालिकामा दर्ता गराउने, असोज २३ गते स्थानीय तहको शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक विभेद विरुद्धको समस्या पहिचान गर्ने, बाल अधिकार सचेतना समूहलाई कोष हस्तान्तरण गर्ने, वातावारण अधिकार सम्बन्धी कार्यक्रम गर्ने र पहिचान गरेको समस्या समाधानका लागि खजुरा गाउँपालिकाको विषयगत शाखा तथा अध्यक्ष उपाध्यक्षलाई बुझाउने कार्ययोजना बनाएको समूहका सदस्य हेमसागर निरौलाले बताउनु भयो ।

बैठकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यक्रम अधिकृत सरस्वती मल्लले आव ०८१/८२ कार्यक्रम बारे जानकारीसँगै मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, वातावरण अधिकार र लैङ्गिक विभेदका सवालमा स्थानीय तहसँग समन्वय गरी समूहले कार्य गर्नुपर्ने जोड दिनुभयो । साथै उहाँले समूहलाई कानुनी प्रावधान र नागरिकको अधिकारलाई समेटर वकालत गर्नुपर्ने सुझाव दिनुभयो । उक्त समुहले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, वातावरण अधिकार र लैङ्गिक विभेद विरुद्धमा वकालत गर्दै आइरहेको छ ।

Photo02102024Banke

ध्रुबराज शर्मा