मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम
देवानगञ्ज गाउँपालिकामा मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम वैशाख २५ गते सम्पन्न गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको सहकार्य, देवानगञ्ज गाउँपालिकाको सहयोग र मानव अधिकार समूह देवानगञ्ज तथा डी.एन.नेपाल बहुउद्देश्यीय प्रा.लि.को आयोजनामा मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको हो ।
मानव अधिकार समूह गाउँपालिकामा रहेर काम गरेको तथा थप काममा प्रोत्साहन गर्न मानव अधिकार समूहको क्षमता विकासको तालिममा गरेको समूहका सचिव विवेक मेहताले बताउनुभयो । गाउँमा गठन भएका मानव अधिकार समूहका पदाधिकारीलाई मानव अधिकार, स्थानीय तहसँग कसरी समन्वय गरेर काम गर्न सकिन्छ लगायतको विषयमा जानकारी दिनको लागि तालिमको आयोजना गरेको मेहताले बताउनुभयो ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार मेहताले मानव अधिकारको संरक्षण गर्ने दायित्व राज्यको भएकोले यसको पालना गर्न गराउन भूमिका निर्वाह गर्ने बताउनुभयो । मानव अधिकार समूहलाई समन्वय गरेर लैजाने प्रतिबद्धता जनाउनुभयो ।
देवनागञ्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताले मानव अधिकार समूहलाई सहयोग गर्दै आएको बताउनुहुँदै सबै नागरिकको अधिकार संरक्षण गर्दै, विभिन्न सङ्घ संस्थाको सल्लाह र सुझावलाई मनन गरी कार्य गर्दै आएको र थप काम गर्ने प्रतिबद्धता जनाउनुभयो । देवनागञ्ज गाउँपालिकाका उपाध्यक्ष कुमारी विभा यादवले मानव अधिकारको लागि आफू न्यायिक समितिको तर्फबाट काम गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले मानव अधिकार समूहले नागरिक समाजको भूमिकामा रहेकाले यसलाई थप प्रभावकारी बनाउन तालिम दिएको बताउनुभयो । तालिममा सहजीकरण गर्दै राष्ट्रिय मानव अधिकार आयोग कोशी विराटनगरका प्रमुख पवन कुमार भट्टले मानव अधिकारका सैद्धान्तिक विषयका साथै आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक विषयमा छलफल गर्नुभएको थियो । उक्त तालिममा इन्सेक प्रदेश संयोजक सोमराज थापा, इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादव, डी.एन.नेपालका अध्यक्ष दायालाल चौधरी, कार्यक्रमका सहजकर्ता दीपेन्द्र झा, गाउँपालिका स्तरीय मानव अधिकार समूहका पदाधिकारीहरूको उपस्थिति थियो ।
जयकृष्ण यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेक जिल्ला प्रतिनिधि मल्ल सम्मानित
मानव अधिकार र श्रमजीवि पत्रकारको अधिकारका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै इन्सेक जिल्ला प्रतिनिधि कालिबहादुर मल्ललाई प्रेस चौतारी नेपाल कालिकोटले सम्मानित गरेको छ । कालिकोट जिल्लामा बसेर मानव अधिकार रक्षकका…
बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित जनज्योति बाल अधिकार समूह बराहताल गाउँपालिका–५, बड्डीचौरको आयोजना, बराहताल मानव अधिकार समूह, जनज्योती माध्यामिक विद्यालय बराहताल गाउँपालिका–५ बड्डीचौरको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक…
बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण
जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी हाजिरी…
गुल्मीमा विद्यालय बाहिरका २ सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै !
तम्घासका आठ सडक बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्ति मगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेको बालिकाहरूलाई खोप लगाइएको…
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…