मानव अधिकार समूहका अध्यक्ष र बाल अधिकार सचेतना समूहका उपाध्यक्ष सम्मानित
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा गठित मधेश प्रदेश स्तरीय मानव अधिकार समूहको अध्यक्षमा देबीमाया भट्टराई र बाल अधिकार सचेतना समूहको उपाध्यक्षमा मनिषाकुमारी रजक चयन हुनुभएकोमा डाक्नेश्वरी नगरपालिकामा ०८० फागुन १३ गते सम्मान गरिएको छ ।
डाक्नेश्वरी नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी भट्टराईर र रजकलाई सम्मान पत्र हस्तान्तरण समेत गरेको जिल्ला सहजकर्ता अजय परियारले बताउनु भयो । धनुषाको मिथिला नगरपालिका–१० स्थित बौवाहोटलमा माघ २४ गते भएको समूहको पुर्नगठनमा शम्भुनाथ नगरपालिका मानव अधिकार समूहकी नगर उपाध्यक्ष भट्टराई मधेस प्रदेश मानव अधिकार समूहको अध्यक्ष पदमा चयन हुनुभएको थियो ।
त्यस्तै, माघ २६ गते गठन भएको प्रदेश स्तरीय बाल अधिकार सचेतना समूहको उपाध्यक्षमा डाक्नेश्वरी नगरपालिका–१० स्थित हिरा फेकनी माध्यमिक विद्यालयकी रजक चयन हुनुभएको थियो । उहाँ आफ्नो विद्यालयको बाल अधिकार सचेतना समूहकी उपाध्यक्ष हुनुहुन्छ ।
कार्यक्रमका प्रमुख अतिथि डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मलाहाले सप्तरीको छोरी बहिनीहरु प्रदेश स्तरीय समूहको अध्यक्ष र उपाध्यक्षमा चयन हुनु गौरवको विषय भएको बताउनु भयो । स्थानीय सरकारबाट मात्र सम्भब नहुने स्थानीय अधिकारलाई सुनिश्चित गर्नप्रदेश स्तरसम्म अध्यक्ष, उपाध्यक्षले गहन बहस गरी ध्यानाकर्षण गराउने कुरामा उहाँले विश्वास व्यक्त गर्नु भयो ।
डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डलले मानव अधिकार क्षेत्र र न्यायको पहलमाथपउर्जा मिलेको बताउनु भयो । चयन हुनुभएका अध्यक्ष, उपाध्यक्षलाई शुभकामना दिनुहुँदै उहाँले नगरको कार्ययोजना प्रदेश स्तरमा लगेर समाधानको पहल गरिदा आत्मबल र आन्तरिक क्षमता बढने बताउनु भयो।
मानव अधिकार समूहकी प्रदेश अध्यक्ष भट्टराईले नगरदेखि प्रदेशसम्मको विश्वासले जिम्मेवारी बोध भएको र आत्मबल बढेको बताउनु भयो । मानव सेवाको कार्यमा सदैव साथ सहयोग रहने विश्वास सहितको प्रतिबद्धता उहाँले व्यक्त गर्नु भयो ।
प्रदेश बाल अधिकार सचेतना समूहकी उपाध्यक्ष रजकले बालबालिकाहरूले सक्रिय सहभागिता जनाउन र मनको कुरा राख्न पाउने अवसरका लागि धन्यवाद व्यक्त गर्नु भयो । आफूमाथिको जिम्मेवारी र सम्मान सबै बालबालिकाहरू प्रतिको विश्वास भएकोले समाजका बिकृतीविरुद्ध खुलेर बोल्ने साहस बढेको बताउनु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ…