मानव अधिकार समूहकाे समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले राक्सिराङ गाउँपालिकमा गठन गरेको पालिकास्तरीय मानव अधिकार समूको समस्या पहिचान र समूहको कार्ययोजना बैठक मानव अधिकार समूहको संयोजक चन्द्रमान प्रजाको अध्यक्षतामा ०८१ जेठ १४ गते चैनपुरमा सम्पन्न भएको छ ।
राक्सिराङ गाउँपालिका वडा नं ५ मा आयोजना गरीएको कार्यक्रममा मानव अधिकार समूहका पदाधिकारीहरू सहभागिता रहेको थियो । यस कार्यक्रममा स्थानीय तहमा मानव अधिकार समूहहरूको समस्या, आगामि कार्ययोजना, यहाँ भएका समस्याहरू र सुधार ल्याउनुपर्ने पक्षहरू लगायत विविध विषयमा छलफल भएको थियो ।
छलफलमा राक्सिराङ गाउँपालिका भित्र रहेका समस्याहरूको पहिचान गर्दा पालिका भित्र विद्यालयमा फोहोर व्यवस्थापन नभएको, कुनै विद्यालयमा भवनको अभाव, विद्यालयमा शिक्षकको अभाव, विद्यालयमा विद्यालय नर्सको आवश्यकता, क्रसर उद्योगको कारणले वातावरणीय असर जस्ता विषयमा बैठकमा छलफल गरिएको थियो ।
यस्तै गरी पालिका भित्र फोहोरको व्यवस्थापन नभएको कारण प्रदुषण बढेको, जङ्गल क्षेत्रको विनास हुने गरेको तथा फोहोर व्यवस्थापन हुन नसकेको जस्ता विषयहरू पहिचान भएका थिए ।
अहिलेको समयमा आगलागिले गर्दा धुवा धुलोका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर, प्रदुषण साथै वातावरण प्रदुषण भएको समूहका अध्यक्ष चन्द्रमान प्रजाले बताउनु भयो ।
साथै मानव अधिकार समूहको बैठकमा उठेका समस्याहरूलाइ लिएर मानव अधिकार समूहले गाउँपालिका समक्ष ज्ञापनपत्र र आगामी आर्थिक वर्ष २०८१/२०८२ को लागि मानव अधिकार समूहले गाउँपालिका समक्ष प्रतिवेदन पेश गर्ने निर्णय समूहले गरेको छ ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका…
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन
घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक…