मानव अधिकार समूहकाे समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

  २०८१ जेठ १४ गते

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मनहरी गाउँपालिकमा गठन गरेको पालिकास्तरीय मानव अधिकार समूहको समस्या पहिचान र समूहको कार्ययोजना बैठक मानव अधिकार समूहको संयोजक बिमला गोपालीको अध्यक्षतामा जेठ २७ गते सम्पन्न गरेको छ ।
मनहरी गाउँपालिका वडा नं ७ मा आयोजना गरिएको कार्यक्रममा मानव अधिकार समूहका पदाधिकारीहरू सहभागिता रहेको थियो ।
यस कार्यक्रममा स्थानीय तहमा मानव अधिकार समूहहरूको समस्या, आगामि कार्ययोजना, यहाँ भएका समस्याहरूको सुधार ल्याउनुपर्ने पक्षहरूको विविध छलफल भएको थियो ।
छलफलमा मनहरी गाउँपालिका भित्र रहेका समस्याहरूको पहिचान गर्दा पालिका भित्र मनहरी अस्पतालको सेवालाइ व्यवस्थित गरिनु पर्ने, मनहरी बजारको दुबै साइडमा ढल निमार्ण हुनु पर्ने मनहरी गाउँपालिकाको सबै विद्यालयमा खेलकुद साम्रागी उपलब्ध हुनुपर्ने , सामुदायिक विद्यालयमा यातयातको व्यवस्था हुनुपर्ने, बाल ज्योति प्राथमिक विद्यालय नजिक बाख्राको खोर भएर दुर्गन्ध फैलिएका जस्ता समस्या पहिचान भएका छन् ।
यसै गरी वडा नं. ६ र वडा नं. ८ मा हुने धुलोको समस्या नियन्त्रण गरिनु पर्ने जस्ता विषय बैठकले समस्याका रुपमा पहिचान गरेको छ ।
अहिलेको समयमा आगलागिले गर्दा धुवा धुलोका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर, प्रदुषण साथै वातावरण प्रदुषण भएको संयोजक गोपालीले बताउनु भयो ।
मानव अधिकार समूहको बैठकमा उठेका समस्याहरूलाई लिएर मानव अधिकार समूहले गाउँपालिका समक्ष ज्ञापनपत्र बुझाउने समूहको बैठकमा निर्णय गरियो ।
photo20240527makawanpur

पुष्पराज अधिकारी