मानव अधिकार सञ्जालद्वारा निर्वाचनको तयारीका विषयमा सरोकारवालासँग छलफल
मानव अधिकार सञ्जाल गोरखाले आगामी जेठ ३१ गते तय भएको स्थानीय तहको निकायको निर्वाचनको तयारीबारे मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग छलफल गरेको छ । सञ्जालका अध्यक्ष यदु अधिकारीको नेतृत्वको टोलीले वैशाख १७ गते कार्यलयमै पुगेर निर्वाचनको तयारीको विषयमा छलफल गरेको हो । टोलीले निर्वाचनको तयारी, शान्ति सुरक्षाको अवस्था, आचार संहिता पालनामा प्रशासनले देखाएको तदारूकतालगायतका विषयमा छलफल गरेको अध्यक्ष हो ।
मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले निर्वाचन निष्पक्ष बनाउन आफूहरूले दलहरूसँग बारम्बार छलफल गरेको बताए । हालसम्म निर्वाचनमा बालबालिकाको प्रयोग तथा निर्वाचन आचार संहिता उल्लङ्घनको घटनाको उजुरी दर्ता नभएको पौडेलले बताए । 'निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन हामीले दलहरूलाई सचेत गराइरहेका छौँ ।'-पौडेलले भने ।
दुई नगरपालिका र नौ गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको उनले जानकारी दिए । 'अब कर्मचारी खटाउने तयारीमा छौँ ।'-पौडेलले भने-'जिल्लाभर झण्डै १ हजार ५ सय कर्मचारी निर्वाचनमा खटिनेछन् ।' निर्वाचनमा प्रयोग हुने मतपत्रलगायतका सामग्री जिल्लामा आइसकेको र सम्बन्धित मतदान केन्द्रमा ती सामग्री पुर्याउने प्रक्रिया सुरू भएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निर्वाचनको लागि एकीकृत सुरक्षा योजना बनाएर आफूहरू अघि वढेको बताए । 'निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै उपाय अबलम्वन गछौँ ।'-उनले भने ।
जिल्ला प्रहरी कार्यालयका एसपी जनकराज पाण्डेयले निर्वाचनका लागि चाहिने जनशक्ति माग गरिएको बताए । 'आजै पनि १ सय ८३ जना थप सुरक्षाकर्मी आएका छन् ।'-उनले भने-'हाम्रो जिल्लामा कम्तिमा ७ सय प्रहरी चाहिन्छ ।'
हरिराम उप्रेती
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक…
मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…