मानव अधिकार संरक्षण र सम्बर्द्धनमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र नेपाल पत्रकार माहासङ्घ रौतहट शाखाको समन्वयमा जेठ ३१ गते जिल्ला सदरमूकाम गौरमा मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि सञ्चारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल पत्रकार माहासङ्घ रौतहट शाखाका कोषाध्यक्ष धर्मेन्द्र साहले पीडितलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्दा आफैँ असुरक्षित हुने लगायतको चुनौती रहेको बताउँदै इन्सेकले मानव अधिकार रक्षकहरुको संरक्षणको लागि नीति तथा कार्याक्रम ल्याउन पहल गर्न अनुरोध गर्नु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार संस्थाहरुले मानव अधिकारसँग सम्बन्धित घटनाहरुको स्थलगत अध्ययन तथा अनुगमन गरेर प्रतिवेदन सार्वजनिक गर्न ढिला गर्ने हुँदा समाचारमा विश्वसनीयता नभएको उहाँले बताउनु भयो ।
नेपाल पत्रकार माहासङ्घका पूर्व उपाध्यक्ष जयप्रकाश यादवले पत्रकारबाट बाहिर ल्याइएका घटनाहरुको मानव अधिकारकर्मीले सुक्ष्म तरिकाले विश्लेषण गरी पीडितलाई न्याय दिनुपर्ने कार्यमा विशेष भुमिका हुनुपर्नेमा जोड दिनु भयो ।
पत्रकार किशोर यादवले पीडितको न्यायका लागि पत्रकारले घटना उजागर गर्ने गरेको तर पीडितले सहज न्याय पाउने अवस्था नरहेको बताउनु भयो ।
ग्रामीण तहका किसानको समस्या लगायत शिक्षा र स्वास्थ्यमा भएका समस्याहरुमा पत्रकारहरुले ध्यान दिनुपर्नेमा उहाँले सुझाव दिनु भयो ।
नेपाल समाजवादी प्रेस सङ्गठनका जिल्ला सचिव राकेश यादवले पत्रकारलाई आपराधिक घटनामा प्रहरीले फसाएको भनी दिएको उजुरीको मिसिल नै गायब बनाएको र त्यसको खोजी गरीदिने विषयमा अनुरोध गर्दा पत्रकारहरु असुरक्षित भएको गुनासो गर्नु भयो ।
नेपाल पत्रकार माहासङ्घ रौतहट शाखाका उपाध्यक्ष प्रविण शर्माले पत्रकार, मानव अधिकारकर्मी र राष्ट्रिय मानव अधिकार आयोगले गरेको घटनाको अनुगमन प्रतिवेदन एक साताभित्र सार्वजनिक हुनुपर्नेमा जोड दिनु भयो ।
नेपाल पत्रकार माहासङ्घ रौतहट शाखाका पूर्व अध्यक्ष रविन्द्र साहले जिल्लामा दाइजो प्रथा, घरेलु हिंसा, बलात्कार लगायतका घटना बढी भइरहेको बताउनु भयो ।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै अधिकारको क्षेत्र फराकिलो भएको बताउनु भयो ।
उहाँले मानवको गाँस, बास र कपासको अधिकार सँगसँगै शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यमा सञ्चारकर्मीे तथा मानव अधिकारकर्मीले काम गर्नु पर्नेमा जोड दिनु भयो ।
इन्सेकका सदस्य मकसुद राँकीले मानव अधिकार क्रमिक रुपमा अगाडि बढाउँदा परिवर्तन हुने बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश सदस्य शैलेन्द्र झाले मानवको संरक्षण, सम्बर्द्धनको जिम्मा राज्यले लिनुपर्नेमा जोड दिनु भयो ।
आर्थिक चलखेल तथा भ्रष्टाचारले मधेस प्रदेश फितलो रहेको उहाँले बताउनु भयो । घटनाको स्थलगत अध्ययन तथा अनुगमन पश्चात एक/दुई हप्ताभित्र प्रतिवेदन सार्वजनिक गर्न उहाँले इन्सेकलाई सुझाव दिनु भयो ।
नेपाल पत्रकार माहासङ्घ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले कुनैपनि समाचार पत्रकारले उजागर गरेपछि त्यो समाचार न्यायको पक्षमा लेखिनुपर्नेमा जोड दिनु भयो ।
मानव अधिकार उल्लङ्घन घटनाको अभिलेखिकरण गरी पीडितलाई न्याय दिने कार्यमा सबैको समन्वय र सहकार्य हुनु पर्नेमा उहाँले जोड दिनु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३…