मानव अधिकार संरक्षण र सम्बद्र्धनको लागि नगरपालिका क्रियाशील

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालको आयोजना तथा गरुडा  नगरपालिकाको समन्वयमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत कात्रिक २६ गते परियोेजनाको परिचयात्मक तथा नगरस्तरीय मानव अधिकार समूह गठन कार्यक्रम सम्पन्न गरिएको छ ।

मौलिक हकमै सुनिश्चित गरिएको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार प्राप्तिका लागि स्थानीय नागरिकलाई सुसूचित गर्ने मुख्य उद्देश्यसहित कार्यक्रमको सुरुवात गरिएको प्रदेश २ का संयोजक राजु पासवानले बताए ।

स्थानीय सरकार भएकाले नगरपालिकाको प्रमुखको हैसियतले जनताको सम्पुर्ण अधिकारको प्रत्याभूति गराउनु नगरको दायित्व रहेको कुरा नगर प्रमुख इन्नु राय यादवले बताए ।

उनले भने–‘मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि नगरपालिका क्रियाशील रहिरहेको छ । हामी मानव अधिकारका विषयप्रति गम्भीर छौँ ।’

कोपिला तिमल्सिना